११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारलाई महँगी नियन्त्रण भन्दा पनि गठबन्धन खुस्किन्छ कि भन्ने चिन्ता छ’



अ+ अ-

काठमाडौं । नेकपा एमालेकी सांसद शान्ता चौधरीले वर्तमान सरकार बजारको मूल्यवृद्धि नियन्त्रणमा भन्दा पनि साक्षी बस्नमा ब्यस्त रहेको आरोप लगाएकी छन् । आईतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद चौधरीले यस्तो आरोप लगाएकी हुन् । उनले बजारमा वस्तुको अत्याधिक रुपमा बजार मूल्य बढ्दा समेत सरकार टुलुटुलु हेरेर बसिरहेको बताइन् ।

उनले भनिन्,‘अहिले अत्याधिक रुपमा बजार मूल्य बढेको छ । तर सरकार टुलुटुलु हेरेर बसेको छ । एक झोला समान किन्न एक झोला नै पैसा लिएर जानुपर्छ । यस्तो बेला गरिवको चुलो नबल्न सक्छ । महँगीको नाममा भोकमरी आउनसक्छ । सरकारको काम महँगीको साक्षी बस्ने होइन । नियन्त्रण गर्ने हो ।

गठबन्धनको खुल्ला बजार नीति प्रमुख कारण हो । सरकार महँगी नियन्त्रण भन्दा पनि गठबन्धन खुस्किन्छ की भन्ने चिन्ताले हात बाधेर बसेको छ ।’