• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

बाबुरामको पार्टी सत्ता गठबन्धनको छैटौँ घटक



बाबुराम भट्टराइ ( फाइल फोटो)

काठमाडौँ । डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सत्ता गठबन्धनमा छैटौँ घटक हुने भएको छ । नेपाल समाजवादी पार्टीले सत्ता गठबन्धन नछाड्ने भएपछि सो पार्टी सत्ता गठबन्धनको नयाँ घटक बन्ने भएको हो ।

सो पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले आगामी निर्वाचनसम्म गठबन्धनमै रहने निर्णय गरेको छ । गठबन्धन निर्माणमा आफूहरुको निर्णायक भूमिका रहेको भन्दै बैठकले गठबन्धनमै रहने निर्णय गरेको हो । जसपाबाट विभाजित भएको नेपाल समाजवादी पार्टीलाई सत्ता गठबन्धनकै अंग मान्न उपेन्द्र यादवबाहेका नेताहरु सहमत भएकाले सत्ता गठबन्धनमा अब छ वटा दल हुने भएको हो । यसअघि सत्ता गठबन्धनमा पाँच दल थिए ।