११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

स्थानीय चुनावका कमजोरीलाई सच्चाउँदै सम्पूर्ण पार्टीपंक्ति चुनावमा होमिन उपाध्यक्ष पौडेलको आग्रह

स्थानीय चुनावका कमजोरीलाई सच्चाउँदै सम्पूर्ण पार्टीपंक्ति चुनावमा होमिन उपाध्यक्ष पौडेलको आग्रह
अ अ+ अ-

बुटवल । नेकपा (एमाले) को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण तथा प्रदेश कमिटीको आठौं पूर्ण बैठक शनिबार दाङमा सम्पन्न भएको छ ।
शुक्रबार शुरू भएको यो कार्यक्रममा केन्द्रीय कमिटीका उपाध्यक्ष एवं प्रशिक्षण अभियानका संयोजक सुवासचन्द्र नेम्बाङ, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थी, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थीले विभिन्न विधामा प्रशिक्षण तथा निर्देशन दिनुभएको थियो ।

शनिबारको प्रशिक्षणमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अब सबैको ध्यान मंसिरको चुनाव केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा भएका कमजोरीलाई सच्चाउँदै सम्पूर्ण पार्टीपंक्ति चुनावमा होमिनुपर्ने बताउनुभयो ।

‘अब हाम्रो ध्यान चुनाव केन्द्रित हुनुपर्दछ, यो प्रशिक्षणको केन्द्रीय कार्यभार हो, हिजोआज पार्टीका सिपाहीहरू कर्तव्यबाट विमुख बन्न थालेका छौं, सबैले आत्मसमीक्षा गरेर जिम्मेवारी बहन गरौं’– उहाँले भन्नुभयो ।

राष्ट्रिय आकाँक्षाको प्रतिनिधित्व गर्न, संविधान र राष्ट्रिय हितको रक्षासहित सामाजिक न्याय सहित ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अगाडि लैजाने गरी जनतासमक्ष पुग्न नेता पौडेलको आग्रह थियो ।

उहाँले पार्टी सरकारमा रहँदा यिनै विषयलाई कार्यक्रम बनाएर अगाडि बढेको र प्रतिपक्षमा रहँदा यसका लागि दबाबसहितका कार्यक्रम गरेर बलियो राष्ट्रिय शक्ति बनेको विषयलाई मतदातासमक्ष पुराउनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले भन्नुभयो–‘काँग्रेस बुर्जुवा सुधारवादी शक्ति हो, यो परिवर्तनको संवाहक बन्न सक्दैन, दलाल पूँजीपति, अस्ताउँदो सामन्तवाद, उग्र कम्युनिष्ट विरोधी, साम्राज्यवाद, प्रभुत्ववादको रक्षा गरेर नै एसपीपी सम्झौताको ड्राफ्ट गरेको हो, एमालेले विरोध नगरेको भए हामी युक्रेन बन्ने थियौं ।’ उहाँले भन्नुभयो– ‘जसपा, लोसपाहरू पनि काँग्रेसजस्तै हो ।

क्षेत्रीय संकीर्णवादी र जातीय सद्भावविरोधी भावना तथा चरम अवसरवादी र स्वार्थी नेतृत्व छ, राप्रपा प्रतिगामी भएर नै राजतन्त्रको वकालत गर्दै धार्मिक अतिवाद बढाएर हिन्दु अतिवादी, यथास्थितिवादी यसमा देखिएका छन् । पाँचौ प्रवृत्ति माओवादी केन्द्र र समाजवादीमा देखिएको छ, साम्राज्यवाद, प्रभुत्ववाद, सामन्तवादका अघि नतमस्तक बनेर उनीहरूको पुलको रूपमा काम गरेका छन् ।’ ‘कम्युनिष्ट पार्टीको सरकार गिराउन अदालत धाउने, कांग्रेससँग सहकार्य गर्ने काम गर्छ । कम्युनिष्टको नाममा कलङ्क हुन् ।’ पौडेलले भन्नुभयो ।

एमाले संगठन, नेतृत्व सबै हिसाबले पहिलो नम्बरको पार्टी भएकाले अबको जिम्मेवारी पनि सोही अनुसार अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

‘अदालतलाई दुरूपयोग गरेर परमादेशबाट बनेको सरकारलाई जनादेशबाट विस्थापित गराउनु हामी सबैको दायित्व हो, एमालेले हार्दा राष्ट्रले हार्छ, जनताले हार्नेछन्, यो विषयलाई गम्भीरताका साथ मतदातासमक्ष लैजाऔं’– उहाँको निर्देशन थियो ।

प्रदेश कमिटी बैठकमा पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयोजक छविलाल बिश्वकर्माले सांगठनिक विषयमा प्रकाश पार्नुभएको थियो भने अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थीले पार्टी कमिटीको जिम्मेवारीमा रहनेहरूले पालना गर्नुपर्ने अनुशासनका विषयमा प्रकाश पार्नुभएको थियो ।

दुई दिनसम्म चलेको प्रशिक्षणमा प्रदेशका सबै जिल्लामा रहेका मुख्य नेताहरुको सहभागिता रहेको लुम्बिनी प्रचार विभााग प्रमुख डिआर घिमिरेले जानकारी दिनुभयो ।