• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   शंखमुलस्थित एक पसलमा आगलागी ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई छैटौं सफलता ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पाँचौं सफलता ★   विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा ★   नेपालीलाई चिनियाँ भिसा नि:शुल्क, एक्सप्रेस र सेवा शुल्क भने यथावत ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई चौंथो सफलता, भुर्तेलले लिए दुई विकेट ★   लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट ★   बेथिति र बिकृतिको समुल अन्त्य गर्न आन्दोलनको बिकल्प छैन :- कमल थापा ★   गाजामा युद्धविराम विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा

स्थानीय चुनावका कमजोरीलाई सच्चाउँदै सम्पूर्ण पार्टीपंक्ति चुनावमा होमिन उपाध्यक्ष पौडेलको आग्रह



बुटवल । नेकपा (एमाले) को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण तथा प्रदेश कमिटीको आठौं पूर्ण बैठक शनिबार दाङमा सम्पन्न भएको छ ।
शुक्रबार शुरू भएको यो कार्यक्रममा केन्द्रीय कमिटीका उपाध्यक्ष एवं प्रशिक्षण अभियानका संयोजक सुवासचन्द्र नेम्बाङ, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थी, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थीले विभिन्न विधामा प्रशिक्षण तथा निर्देशन दिनुभएको थियो ।

शनिबारको प्रशिक्षणमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अब सबैको ध्यान मंसिरको चुनाव केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा भएका कमजोरीलाई सच्चाउँदै सम्पूर्ण पार्टीपंक्ति चुनावमा होमिनुपर्ने बताउनुभयो ।

‘अब हाम्रो ध्यान चुनाव केन्द्रित हुनुपर्दछ, यो प्रशिक्षणको केन्द्रीय कार्यभार हो, हिजोआज पार्टीका सिपाहीहरू कर्तव्यबाट विमुख बन्न थालेका छौं, सबैले आत्मसमीक्षा गरेर जिम्मेवारी बहन गरौं’– उहाँले भन्नुभयो ।

राष्ट्रिय आकाँक्षाको प्रतिनिधित्व गर्न, संविधान र राष्ट्रिय हितको रक्षासहित सामाजिक न्याय सहित ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अगाडि लैजाने गरी जनतासमक्ष पुग्न नेता पौडेलको आग्रह थियो ।

उहाँले पार्टी सरकारमा रहँदा यिनै विषयलाई कार्यक्रम बनाएर अगाडि बढेको र प्रतिपक्षमा रहँदा यसका लागि दबाबसहितका कार्यक्रम गरेर बलियो राष्ट्रिय शक्ति बनेको विषयलाई मतदातासमक्ष पुराउनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले भन्नुभयो–‘काँग्रेस बुर्जुवा सुधारवादी शक्ति हो, यो परिवर्तनको संवाहक बन्न सक्दैन, दलाल पूँजीपति, अस्ताउँदो सामन्तवाद, उग्र कम्युनिष्ट विरोधी, साम्राज्यवाद, प्रभुत्ववादको रक्षा गरेर नै एसपीपी सम्झौताको ड्राफ्ट गरेको हो, एमालेले विरोध नगरेको भए हामी युक्रेन बन्ने थियौं ।’ उहाँले भन्नुभयो– ‘जसपा, लोसपाहरू पनि काँग्रेसजस्तै हो ।

क्षेत्रीय संकीर्णवादी र जातीय सद्भावविरोधी भावना तथा चरम अवसरवादी र स्वार्थी नेतृत्व छ, राप्रपा प्रतिगामी भएर नै राजतन्त्रको वकालत गर्दै धार्मिक अतिवाद बढाएर हिन्दु अतिवादी, यथास्थितिवादी यसमा देखिएका छन् । पाँचौ प्रवृत्ति माओवादी केन्द्र र समाजवादीमा देखिएको छ, साम्राज्यवाद, प्रभुत्ववाद, सामन्तवादका अघि नतमस्तक बनेर उनीहरूको पुलको रूपमा काम गरेका छन् ।’ ‘कम्युनिष्ट पार्टीको सरकार गिराउन अदालत धाउने, कांग्रेससँग सहकार्य गर्ने काम गर्छ । कम्युनिष्टको नाममा कलङ्क हुन् ।’ पौडेलले भन्नुभयो ।

एमाले संगठन, नेतृत्व सबै हिसाबले पहिलो नम्बरको पार्टी भएकाले अबको जिम्मेवारी पनि सोही अनुसार अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

‘अदालतलाई दुरूपयोग गरेर परमादेशबाट बनेको सरकारलाई जनादेशबाट विस्थापित गराउनु हामी सबैको दायित्व हो, एमालेले हार्दा राष्ट्रले हार्छ, जनताले हार्नेछन्, यो विषयलाई गम्भीरताका साथ मतदातासमक्ष लैजाऔं’– उहाँको निर्देशन थियो ।

प्रदेश कमिटी बैठकमा पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयोजक छविलाल बिश्वकर्माले सांगठनिक विषयमा प्रकाश पार्नुभएको थियो भने अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थीले पार्टी कमिटीको जिम्मेवारीमा रहनेहरूले पालना गर्नुपर्ने अनुशासनका विषयमा प्रकाश पार्नुभएको थियो ।

दुई दिनसम्म चलेको प्रशिक्षणमा प्रदेशका सबै जिल्लामा रहेका मुख्य नेताहरुको सहभागिता रहेको लुम्बिनी प्रचार विभााग प्रमुख डिआर घिमिरेले जानकारी दिनुभयो ।