४ भाद्र २०८३, बिहीबार
,
Latest
यी दुई प्रदेशमा आज भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग वानः मेसी र नेयमार चम्किँदा पिएसजीको सानदार जित



अ+ अ-

एजेन्सी । फ्रेन्च फुटबल लिग लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सानदार जितसँगै सिजनको सुरुवात गरेको छ । शनिबार राति सम्पन्न खेलमा साविक विजेता पिएसजीले क्लेरमन्ट फुटलाई उसकै मैदानमा ५–० गोलले पराजित गरेको हो ।

पिएसजीको जितमा लियोनल मेसीले दुई गोल र एक असिस्ट तथा नेयमारले तीन असिस्टसँगै एक गोल गरे भने अचरफ हाकिमी र मार्किन्हसले एक–एक गोल गरे । पिएसजीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल गर्यो ।

खेलको नवौं मिनेटमा नेयमारले मेसीले उपलब्ध गराएको पासमा गोल गर्दै खाता खोले । २६औं मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै, ३८औं मिनेटमा कप्तान मार्किन्हसले नेयमारकै पासमा गोल गरेपछि पिएसजीले पहिलो हाफमा ३–० को अग्रता लियो ।

यस्तै, दोस्रो हाफको दुवै गोल मेसीको नाममा रह्यो । ८०औं मिनेटमा नेयमारको तेस्रो असिस्टमा मेसीले गोल गरे भने ८६औं मिनेटमा मेसीले लियान्द्रो ड्यानियल पारेडेसको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौं गोल गरे । इन्ज्युरीका फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले भने यो खेलमा विश्राम लिएका थिए । जितसँगै पिएसजीले ३ अंक जोडेको छ ।