४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्ट उद्घाटन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्ट उद्घाटन
अ+ अ-

जुम्ला । स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको छ । कार्यक्रममा उहाँले देशका अन्य प्रतिष्ठानको तुलनामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले राम्रो काम गरेको बताउनुभयो ।

राज्यले जुम्लामा स्थापना गरेको प्रतिष्ठानलाई थप सहयोग गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री केसीले कर्णालीले सक्षम डाक्टर उत्पादन गरेर देशलाई दिने विश्वास व्यक्त गर्नुभयो । “दुर्गममा देखिएको स्वास्थ्य समस्यालाई प्रतिष्ठानले हल गर्न सक्ने क्षमता राख्नुपर्ने काम कर्णाली प्रतिष्ठानको काँधमा आएको छ । अनि मात्रै प्रतिष्ठान स्थापना भएको औचित्य साबित हुन्छ”, स्वास्थ्य राज्यमन्त्री केसीले भन्नुभयो ।

जुम्लाका सङ्घीय सांसद गजेन्द्रबहादुर महतले कर्णालीको विकासका लागि राज्यको अझै नजर नगएको बताउँदै सबै राजनीतिक दलको सहयोग, समन्वयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको स्पष्ट पार्नुभयो । उहाँले प्रतिष्ठानको बहुवर्षीय शैक्षिक भवन निर्माणका लागि सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले प्रतिष्ठानको कार्यबाट आफू सन्तुष्ट भएको बताउनुभयो । अक्सिजन प्लान्टबाट एक दिनमा एक सय ६० वटा सिलिन्डर भरिने भएको छ । हाल दिनमा ३०÷४० वटा सिलिन्डर भर्ने गरिएको प्रतिष्ठानका उपकुपति डाक्टर मङ्गल रावलले जानकारी दिनुभयो । प्रतिष्ठानका रजिष्ट्रार नृर्पेन्द्र महतले भवन अभावका कारणले गर्दा १३ वटा घर भाडामा लिएर काम गर्नु परेको बताउनुभयो ।

डायलासिस सेवा अब जुम्लामै

यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब डायलासिस सेवा सञ्चालन गर्ने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य राज्यमन्त्री केसीले आज प्रतिष्ठानलाई डायलासिस उपकरण मेसिन उपलब्ध गराएपछि उक्त सेवा सुरु हुन लागेको हो । प्रतिष्ठानका निर्देशक डा राजीव शाहका अनुसार २०६८ मा स्थापना भएको प्रतिष्ठानमा मिर्गौला रोगीको उपचार डायलायसिस सेवा दिने गरेको थिएन । मन्त्रालयले प्रतिष्ठानलाई पाँच सेट डायलायसिस उपकरण उपलब्ध गराएपछि सेवा सञ्चालन गर्न लागिएको हो । उहाँले भन्नुभयो, “अस्पतालमा मिर्गौला रोगी आउने गरेका थिए तर उपकरण नहुँदा सेवा दिनसकेका थिएनौँ । अब जुम्ला अस्पतालमै यो समस्या समाधान हुने भएको छ ।”

अस्पतालले आकस्मिक सेवा, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, शल्यक्रिया सेवा, प्रसूति सेवा, ब्लड बैंक, समुदायमा स्वास्थ्य सेवा, विस्तारित सेवा, एम्बुलेन्स सेवा र टेलिमेडिसिन सेवा दिँदै आएको प्रतिष्ठानले जनाएको छ । यस्तै मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतस्थित प्रदेश अस्पताललाई पनि चार थान डायलायसिस उपकरण उपलब्ध गराएको छ । रासस