२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई सरकारको जवाफः गुप्तचरी गर्न नागरिकको फोन ट्यापिङ गरिएको छैन



file
अ+ अ-

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टीकरण दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घर अगाडि गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको दाबी गरेका थिए ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीको दाबीको खण्डन गर्नुभएको हो ।

उहाँले भन्नुभयो ‘केही सञ्चारमाध्यममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको नागरिकको फोन ट्रयापिङ गरी वैतिक गोपनियतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु । यस्तो भ्रममा कोही पनि नपर्न अनुरोध गर्दछु । सरकार व्यक्तिको स्वतन्त्रता र गोपनियताको अधिकारप्रति सचेत छ र यसको सम्मान र संवद्र्धन गर्न प्रतिवद्ध छ ।’