११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

युवराज सफलको नेतृत्वमा ‘नेपाल समाजवादी केन्द्र’ को घोषणा, वामदेवले धोका दिएको आरोप

युवराज सफलको नेतृत्वमा ‘नेपाल समाजवादी केन्द्र’ को घोषणा, वामदेवले धोका दिएको आरोप
अ अ+ अ-

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट छुट्टिएको समुहले विभिन्न पार्टीबीच चुनावी तथा राजनीतिक गठबन्धन बनाउने घोषणा गरेको छ ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विभिन्न पाँच पार्टीबीच चुनावी एकता गरेर निर्वाचनलक्षित राजनीतिक मोर्चा ‘नेपाल समाजवादी केन्द्र’ नामाकरण गरिएको जानकारी दिइएको हो ।

अभियान केन्द्रीय कार्यालयको गत साउन १७ गते बसेको बैठकले नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरी ‘नेपाल समाजवादी केन्द्र’ राख्ने र केन्द्रलाई राजनीतिक मोर्चा र चुनावी गठबन्धनको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । आज घोषण गरिएको उक्त नेपाल समाजवादी केन्द्रमा नेकपा (समाजवादी), नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपाल आवद्ध छन् ।

कार्यक्रममा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डलका सदस्य युवराज सफलले वामदेव गौतमलाई एक महत्वपुर्ण कालखण्डमा साथ दिएको स्मरण गराए । नेपालका सबै कम्युनिष्ट पार्टीबीच एकता गरी बृहत कम्युनिष्ट पार्टीको निर्माण गर्ने र मोर्चामार्फत देशलाई समृद्धिको बाटोमा अघि बढाउने बामदेवको योजना पत्याएर आफूहरुले साथ दिएको उनको थियो ।
उनले भने,‘हामीले त सबै कम्युनिष्टहरुलाई एकताबद्ध बनाउने भनेर उहाँ वामदेव गौतमलाई साथ दिएका थियौं । तर, उहाँले रवैया देखाउनुभयो । उहाँको रवैयाबारे ५ बुँदे आरोपपत्र बुझायौं । त्यहीअनुसार उहाँलाई कारवाही गरियो । त्यसपछि गत साउन १७ गते बसेको बैठकले नेकपा राष्ट्रिय एकता अभियानको नाम परिवर्तन गरेर ‘नेपाल समाजवादी केन्द्र’ राखियो ।’

उनले ७७ जनाको केन्द्रीय समितिमा २५ जना वामदेवसँग पछि लागेर गएको भन्दै बाँकी भएका सबै सदस्यहरु आफुहरुसँग रहेको पनि दाबी गरे । सफलले सारा कम्युनिष्टहरुलाई एकता गर्नको लागि आफुले अभियान चलाउने पनि बताए । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले एमसीसी पास गरेर गल्ती गरेको टिप्पणी गरे । उनले यस्ता राष्ट्रघाती कदममा गल्ती महसुस गरेर नेताहरु सुध्रिएर आए सहकार्य गर्न तयार रहेकोसमेत स्पष्ट पारे ।

उनले भने,‘जो पुँजिवादको शक्तिमा लाग्यो, जसले एमसीसी पास गर्यो, जो एसपीपीको पक्षमा छ । त्यस्ता, राष्ट्रघातीलाई आफ्नो पार्टीमा ठाउँ दिँदैनौ । उहाँहरु सुध्रिएर आए आफ्नो अभियान नेतृत्व दिन पनि तयार छ । सहकार्य गर्न पनि तयार छ ।’ सत्ता गठबन्धनको विषयमा माधवकुमार नेपालसँग छलफल भइरहेको उनले बताए । उनले भने,‘हामी पनि देशका नागरिक हौं, सत्तामा भएका दलसँग गठबन्धन गरेर चुनावमा जान तयार छौं । तर, राष्ट्रघातीविरुद्धको कार्य उहाँहरुले रोक्नुपर्छ ।’

उनले आफ्नो अभियानमा राष्ट्रवादी, राष्ट्रप्रेमी शक्तिहरुलाई आउनपनि आह्वान गरे । सफलले आफुहरुको अभियानलाई कसैको पछि नलागी स्वतन्त्र शक्तिको रुपमा अघि बढाउने समेत प्रतिवद्धता व्यक्त गरे । यसैगरी, आधुनिक नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डलका सदस्य कृष्णगोपाल बञ्जाराले आजदेखि नयाँ कार्यक्रमको सुरुवात गरेको बताए । उनले भने,‘आजबाट जन्मिएको बच्चालाई राष्ट्रिय अभियानको रुपमा अगाडी बढाउने छौं ।’ सबै राष्ट्रवादी पार्टीहरु एक हुनुपर्ने उनले भनाई थियो । उनले आजदेखि रोपिएको नयाँ बिउले राष्ट्रियस्तरको अभियानको रुप लिने पनि बताए ।

उहनले बामदेव गौतमले आफुहरुलाई खेलौनाको रुपमा प्रयोग गरेको समेत आरोप लगाए । उनले भने,‘राष्ट्रवादी शक्ति बनाउने, सबै दलहरुसँग हातेमालो गर्दै अगाडी बढाउने हाम्रो मुख्य लक्ष्य रहेको छ । जनताको दुश्मन हाम्रो पनि दुश्मन र राष्ट्रको हित हाम्रो पनि हित ।’ उनले गौतम नेपालको पूरानो वामपन्थी नेताको रुपमा चिनेको भन्दै उनले त्यहाँभित्र पुगेपछि आफ्नो पार्टी नै समाप्त गर्न खोजेको आरोप लगाए । गौतमलाई यसबारेमा पटक–पटक कुरा गरेपनि आफ्ना भनाईमा ध्यान नदिएको उनले गुनासो पोखे ।

उनले भने,‘हामीले अभियानलाई मोर्चाको रुपमा लैजान खोजेका थियौं, तर, गौतमले पार्टीको रुपमा लैजान खोजेपछि कुरा नमिलेको हो । त्यसमा हाम्रो असन्तुष्टि बढेको हो ।’

यस्तै, नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डलका अर्का सदस्य बद्री यादव र नेपाल जनता पार्टीका उपाध्यक्ष धिरेन्द्र झाले पनि नवगठित मोर्चालाई आगामी दिनको सफलताको शुभकामना दिएका थिए । पार्टीको प्रेश विज्ञप्ती आम नेपाली पार्टीका अध्यक्ष निलकण्ठ पौडेलले वाचन गरेका थिए । नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डलका अर्का सदस्य मीननाथ देवकोटाले कार्यक्रम संचालन गरेका थिए ।