११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
अ अ+ अ-

काठमाडौं । सरकारले शहरी विद्युत प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख करिव १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने भएको छ ।

साउन १९ गते बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रीपरिषद्का निर्णय सुनाउँदै शुक्रवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले निर्वाचन आयोगबाट प्राप्त परामर्शअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ बमोजिम वि.सं २०७९ मंसिर महिनाको ४ गते आईतवारका दिन एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले साउन १ गतेदेखि लागू हुने गरेर निक्षेप सुरक्षणको सीमा ३ लाखबाट वृद्धि गरी ५ लाख रुपैयाँ पु¥याउने, मध्य भोटेकोशी प्रशारण लाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने, मध्य भोटेकोशी प्रशारण लाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने निर्णय भएको बताउनु भयो ।

उहाँका अनुसार सरकारले नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यहरुमा मनोनयन गर्ने, संयुक्त राष्ट्रसंघको प्रधानकार्र्यालयमा मिति २०७९ भदौ १६ मा सञ्चालन हुने तेस्रो युनिस्कोपमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई भाग लिन स्वीकृत दिने, लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल र लुम्बिनी सांस्कृति भवन निर्माण गर्ने प्रयोजनार्थ लिजमा उपयोग गर्न दिन स्वीकृत दिने, मिति २०७९ कार्तिक ३ देखि ४ गतेसम्म विश्व कृषि स्थानमा हुने स्टेयरीङ कमिटी मिटिङ अफ दी ग्लोवल स्नोल लियोपड एण्ड इकोनोमी सिस्टम प्रोटेक्शन प्रोग्राम सम्बन्धी कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रदीप यादव र सचिव प्रेमनारायण कँडेललाई सहभागी हुन स्वीकृति दने, सुरुङ्गा नगरपालिका सप्तरीकेन्द्र साविक मधुपट्टी हाल सुरुङ्गा नगरपालिका वडा नम्बर ४ मा रहेको ठाउँमा सुरुङ्गा नगरपालिका वडा नम्बर ५ को कुसा कायम गर्ने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीले २०७९ असोज २७–२८ गतेसम्म इटालीको रोममा आयोजना हुने स्किल राइट्स केयर टाइम टू एक्ट लेसन्स लर्न फ्रम द इमर्जेन्सी सम्बन्धी फोर्थ ग्लोवल मेन्टल हेल्थ समिटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भ्वानीप्रसाद खापुङलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने, नेपाल प्रशासन सेवाको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव दीपक काफ्लेलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने, नेपाल लेखा परीक्षण सेवाको राजपत्रांकित प्रथम श्रेणीका सहसचिव विन्दु विष्टलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी महालेखा परीक्षकको कार्यालयको उपमहालेखा परीक्षकमा पदस्थापना गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका यादवप्रसाद कोईरालासमेत ६ जना अधिकृतहरु सरुवा गर्ने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगबाट प्राप्त परामर्शअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ बमोजिम वि.सं २०७९ मंसिर महिनाको ४ गते आईतवारका दिन एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन गर्ने ।

शहरी विद्युत प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख करिव १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने ।

मिति २०७९ साउन १ गतेदेखि लागू हुने गरेर निक्षेप सुरक्षणको सीमा ३ लाखबाट वृद्धि गरी ५ लाख रुपैयाँ पु¥याउने ।

मध्य भोटेकोशी प्रशारण लाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने ।

नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यहरुमा मनोनयन गर्ने ।

संयुक्त राष्ट्रसंघको प्रधानकार्र्यालयमा मिति २०७९ भदौ १६ मा सञ्चालन हुने तेस्रो युनिस्कोपमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई भाग लिन स्वीकृत दिने ।

लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल र लुम्बिनी सांस्कृति भवन निर्माण गर्ने प्रयोजनार्थ लिजमा उपयोग गर्न दिन स्वीकृत दिने ।

मिति २०७९ कार्तिक ३ देखि ४ गतेसम्म विश्व कृषि स्थानमा हुने स्टेयरीङ कमिटी मिटिङ अफ दी ग्लोवल स्नोल लियोपड एण्ड इकोनोमी सिस्टम प्रोटेक्शन प्रोग्राम सम्बन्धी कार्यक्रममा वन तथा वातावरणमन्त्री श्री प्रदीप यादव र सचिव प्रेमनारायण कँडेललाई सहभागी हुन स्वीकृति दने ।

सुरुङ्गा नगरपालिका सप्तरीकेन्द्र साविक मधुपट्टी हाल सुरुङ्गा नगरपालिका वडा नम्बर ४ मा रहेको ठाउँमा सुरुङ्गा नगरपालिका वडा नम्बर ५ को कुसा कायम गर्ने ।

२०७९ असोज २७–२८ गतेसम्म इटालीको रोममा आयोजना हुने स्किल राइट्स केयर टाइम टू एक्ट लेसन्स लर्न फ्रम द इमर्जेन्सी सम्बन्धी फोर्थ ग्लोवल मेन्टल हेल्थ समिटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री श्री भ्वानीप्रसाद खापुङलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।

नेपाल प्रशासन सेवाको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव श्री दीपक काफ्लेलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने ।

नेपाल लेखा परीक्षण सेवाको राजपत्रांकित प्रथम श्रेणीका सहसचिव श्री विन्दु विष्टलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी महालेखा परीक्षकको कार्यालयको उपमहालेखा परीक्षकमा पदस्थापना गर्ने ।

निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका श्री यादवप्रसाद कोईरालासमेत ६ जना अधिकृतहरु सरुवा गर्ने ।

केही सञ्चारमाध्यममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको नागरिकको फोन ट्रयापिङ गरी वैतिक गोपनियतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु । यस्तो भ्रममा कोही पनि नपर्न अनुरोध गर्दछु । सरकार व्यक्तिको स्वतन्त्रता र गोपनियताको अधिकारप्रति सचेत छ र यसको सम्मान र संवद्र्धन गर्न प्रतिवद्ध छ ।’

प्रवक्ता कार्कीले केही सञ्चारमाध्यममा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको, नागरिकको फोन ट्रयापिङ गरी वैतिक गोपनियतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको स्पष्ट पार्नुभयो । उहाँले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनियताको अधिकारप्रति सचेत र यसको सम्मान र संवद्र्धन गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो ।