११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

अर्थमन्त्रीले करका दर हेरफेर गर्ने व्यवस्था परिर्वतन गर्नुपर्छः सुरेन्द्र पाण्डे

अर्थमन्त्रीले करका दर हेरफेर गर्ने व्यवस्था परिर्वतन गर्नुपर्छः सुरेन्द्र पाण्डे
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट निर्माणको समयमा अर्थमन्त्रीले स्वतन्त्र रुपमा करका दर हेरफेर गर्ने व्यवस्था परिर्वतन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार अर्थसमितिले समितिले आगामी कार्ययोजनाका विषयमा गरेको छलफलमा पूर्वअर्थमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले अर्थमन्त्रीले बजेट निर्माण गर्दा करका दर तल माथि दुवै हेरफेर गर्ने विषयमा भन्दा पनि अर्थमन्त्रीलाई दिएको अधिकार दुरुपयोग गरेको विषयमा बारम्बार प्रश्न उठेको बताउनु भयो । पाण्डेले अर्थमन्त्रीले बजेट भाषणको अघिल्लो दिन करका दर हेरफेर गर्ने विषयमा कसैलाई सोध्नु नपर्ने, स्वतन्त्र रहने व्यवस्थाले सिमित व्यवसायीक घराना, कुनै एक व्यक्तीलाई फाइदा र अरुलाई नोक्शानी पुग्ने काम भइरहेको बताउनु भयो ।

उहाँले इस्तो काम अर्थमन्त्रीहरुले यो वर्ष मात्रै गरेको नभएर विगतमा पनि यसबारेमा प्रश्न उठेकाले समितिले पुनःविचार गर्ने काम गर्नसक्ने बताउनु भयो । उहाँले समितिले संविधानले दिएको अधिकार समेत पूरा गरी काम गर्न नसकेको पनि बताउनु भयो । पाण्डेले सरकारले पुँजीगत खर्च गर्न नसक्नु भनेको संघीयता अनुसार आयोजनाहरुको बाँडफाड गरेर काम गर्न नसक्नु रहेको बताउनु भयो ।

उहाँले मन्त्री,सांसदहरुका सानासाना योजनाहरु पनि काम भएको तर ठूला आयोजनाहरु काम नै हुन नसकेको दाबी गर्नुभयो । पाण्डेले साना योजना स्थानीय तहमा लानुपर्छ भन्ने कुरामा संसदहरुको नै दुई मत भएकाले समस्या रहेको बताउनु भयो । उहाँले पुँजीगत खर्च बढाउन तथा आयोजनाहरु कार्यान्वयनको लागि राष्ट्रिय गौरुव,ठूला र साना आयोजना बनाउने छुटै अधिकार प्राप्त छुटै संगठनात्मक संरचना आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ करका दर तल र माथि हेरफेर गर्ने कुरामा प्रश्न उठेको छैन । अहिले अर्थमन्त्रीले बजेट निर्माणको बेलामा भएको अधिकार ठिक ढङगले प्रयोग गरेन भन्ने कुरामा प्रश्न उठेको छ । किन अहिले बजेटको दिन जे गरे पनि अर्थमन्त्रीलाई स्वतन्त्र छ । अर्थमन्त्रीले कसैसँग सोध्नै पर्दैन । यो कुराले केही व्यवसायी,केही व्यक्तिसँग मिल्ने,अरुलाई नोक्साना पु¥याउने काम गरेको जस्ता प्रश्न यो वर्ष मात्रै नभएर विगतमा पनि उठ्ने गरेको छ । यस्तो विषयमा समितिले हेर्दा राम्रो हुन्छ । यो भन्दा अलग समिति भन्दा पनि यही समितिले गर्नुपर्छ । तर हामीले गर्न सकेको छैनौं । दिएको अधिकार नै प्रयोग गरिरहेका छैनौं ।

ठूलो आयोजना संघ, प्रदेश स्तरका मझौला आयोजना प्रदेश र साना आयोजना स्थानीय सरकारले गर्छ भनेर संघीयतामा गएका हौं । अहिले पुँजीगत बजेट खर्च नभएको कारण सांसद र मन्त्रीको योजनामा परेका साना योजनाहरुमा बजेटहरु खर्च भएका छन् । नहुने भनेको राष्ट्रिय गौरवका र ठूलो आयोजनामा बजेट खर्च हुँदैन । साना योजना स्थानीय तहमा लानु पर्छ भन्ने कुरामा संसदहरु नै तयार हुँदैनौं । हाम्रो समस्या पनि छ । त्यस्तो बजेट खर्च गर्न छुट्टै अधिकार प्राप्त ठूला आयोजना कार्यान्वयन गर्न अलग र साना आयोजना काम गर्न छुट्टै व्यवस्थापन गरेर संगठनात्मक संरचना नै फरक बनाउनु पर्छ । यस्तो गर्दा कुनै आयोजनाले काम गर्न पाइनँ भन्न पाउँदैनन् । अहिले सबै काम भएर नभ्याएर काम गर्न नपाएको भन्ने कुरा आएको छ । यस्ता कारणले पुँजीगत खर्च हुन सकेको छैन ।’