२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख र निर्वाचन आयोगविरूद्ध एमाले सर्वोच्च जादै



अ+ अ-

काठमाडौं । आफ्नो पार्टीबाट निष्काशन गरिएका आफ्ना १४ सांसदलाई कारवाहीको सूचना नटाँसेको भन्दै  नेकपा एमालेले सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ।

सभामुख सापकोटासँगै निर्वाचन आयोगलाई पनि विपक्षी बनाएर मुद्दा दायर गर्न लागिएको नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराईले न्यूजपोलारलाई जानकारी दिए ।  एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुख अग्नी सापकोटालाई जानकारी गराएको थियो । तर सभामुख सापकोटाले एमाले सांसदका रूपमा प्रतिनिधि सभामा १२१ सांसद र राष्ट्रिय सभामा ३३ सांसद रहेको जानकारी निर्वाचन आयोगलाई पठाएका थिए। 

राजनीतिक दल सम्बन्धि ऐनमा सभामुखले १५ दिनभित्र सूचना टाँस्नुपर्ने व्यवस्था रहेको छ। तर सभामुख सापकोटाले १३ औँ दिनमा माधव नेपालसहितका १४ सांसदले नयाँ दल दर्ता गरिसकेको अवस्थामा कारवाही गरिरहनु नपर्ने निर्णय गरेका थिए ।