२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख र निर्वाचन आयोगविरूद्ध एमाले सर्वोच्च जादै



अ+ अ-

काठमाडौं । आफ्नो पार्टीबाट निष्काशन गरिएका आफ्ना १४ सांसदलाई कारवाहीको सूचना नटाँसेको भन्दै  नेकपा एमालेले सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ।

सभामुख सापकोटासँगै निर्वाचन आयोगलाई पनि विपक्षी बनाएर मुद्दा दायर गर्न लागिएको नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराईले न्यूजपोलारलाई जानकारी दिए ।  एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुख अग्नी सापकोटालाई जानकारी गराएको थियो । तर सभामुख सापकोटाले एमाले सांसदका रूपमा प्रतिनिधि सभामा १२१ सांसद र राष्ट्रिय सभामा ३३ सांसद रहेको जानकारी निर्वाचन आयोगलाई पठाएका थिए। 

राजनीतिक दल सम्बन्धि ऐनमा सभामुखले १५ दिनभित्र सूचना टाँस्नुपर्ने व्यवस्था रहेको छ। तर सभामुख सापकोटाले १३ औँ दिनमा माधव नेपालसहितका १४ सांसदले नयाँ दल दर्ता गरिसकेको अवस्थामा कारवाही गरिरहनु नपर्ने निर्णय गरेका थिए ।