७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री डा. खड्का चीन जाँदै



file photo
अ+ अ-

काठमाडौँ । जनवादी गणतन्त्र चीनका विदेशमामिला मन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २४ देखि २६ गतेसम्म चीनको भ्रमण गर्ने हुनुभएको छ ।

दुई मन्त्रीहरूले साउन २५ गते चीनको छिङदाओमा आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा खड्काको सम्मानमा रात्रिभोजको आयोजना गर्नु हुनेछ । मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यहरु साउन २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।