२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटको लक्ष पुरा गर्न बिभागिय प्रमुखलाई अर्थमन्त्रीको निर्देशन



अ+ अ-

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरुलाई आ–आफ्ना कार्यालयको क्षमता बृद्धि गरेर बजेटको लक्ष पुरा गर्न निर्देशन दिएका छन्।

बिहिबार मन्त्रालयमा आयोजित आर्थिक बर्ष २०७/७९को प्रगति समिक्षा एवं मन्त्रालयस्तरीय बिकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै बार्षिक लक्ष पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफुलाई थप क्षमतावान बनाउनु पर्ने र लक्ष नपुगेका कार्यालयले आफ्ना लक्ष पुर्याउन योग्य बनाउनु पर्ने बताउनु भयो।

अहिलेको कामगर्ने मुख्य औजार सफ्टवेर भएकाले उहाले कार्यालयहरुलाई अहिलेको आवश्यकता अनुसार झन्झटिलो कागजी प्रक्रियाहरुबाट मुक्त गर्दै आधुनिक सूचनाप्रविधिमा बिकास गर्न निर्देशन दिनुभयो। उहाँले अन्य मन्त्रालय र निकायलाइ बजेट कार्यन्वयन गर्न अर्थ मन्त्रालयले सहजकर्ताको भूमिका निर्बाह गर्नु पर्ने भन्दै कुनै पनि मन्त्रालय र निकायका कामलाई अर्थ मन्त्रालयले रोक्न नहुने बताउनु भयो।

सामान्यतया कुनै पनि फाइलहरु एकै दिनमा अगाडी बढाउन र कानून मन्त्रालयको राय लिनुपर्ने अवस्थामा पनि छिट्टै राय लिएर फाइल अगाडी बढाउन पनि उहाले निर्देशन दिनु भयो।

साना किसान बिकास बैंकले काठमाण्डौ उपत्यकाको तरकारीको खपतको आवश्यकता पुरा गर्ने गरि उत्पादन बढाउन किसानको खेतखेतमा पुग्न पनि निर्देशन दिनुभयो। कृषि बिकास बैंकले गाँउका किसानलाइ कर्जा दिन निर्देशन दिदै गाउका किसानले भाका नसार्ने भएकाले त्यसो गर्न निर्देशन दिनुभयो।