• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सत्ता गठबन्धनको बैठक बस्दै



फाइल फोटो

काठमाडौं । सरकारले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ गतेलाई घोषणा गरेको छ । उक्त घोषणापछि सत्ता गठबन्धनको बैठक पहिलो पटक बस्दै छ ।

आज (शुक्रबार) बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो ।

निर्वाचनको मिति घोषणा भइ सकेकाले गठबन्धनका नेताहरु सीट बाँडफाँडको मोडालिटीबारे छलफलमा जुटेका हुन् । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे औपचारिक रुपमा बहस भएको थियो ।

०७४ को निर्वाचनमा जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्यक्तित्व र सांगठनिक शक्तिलाई आधार बनाएर तालमेलको मोडालिटी बनाउनेबारे गठबन्धनमा छलफल जारी छ ।