११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

भक्तपुरका आठ मतदान स्थल परिवर्तन

भक्तपुरका आठ मतदान स्थल परिवर्तन
फाईल फोटो
अ अ+ अ-

भक्तपुर । भक्तपुरमा आठ मतदान स्थल परिवर्तन गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो ।

कार्यदलले स्थलगत अध्ययनका आधारमा सिफारिस समितिले सिफारिस गरे बमोजिम परिवर्तन गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिनुभयो । मतदान स्थल परिवर्तन भएका मतदान स्थलमा भक्तपुर नगरपालिकाका तीन, मध्यपुरथिमि नगरपालिकाका तीन र चाँगुनारायण नगरपालिकाका दुई छन् ।

कार्यदलले भक्तपुर नगरपालिका–२ को जागृति माध्यमिक विद्यालय खौमाको मतदान स्थललाई जनज्योति पुस्तकालयको नयाँ भवन नःपुखुः, वडा नं ७ को महेश्वरी सत्तल इनाचो मतदान स्थललाई पँम्बो गणेश ९खँचा पोखरीसँगै० र वडा नं ९ को नगरपालिका नयाँ भवन मतदान स्थललाई बागेश्वरी माध्यमिक विद्यालय च्याम्हसिंहमा सार्ने निर्णय गरेको बिसीले बताउनुभयो ।

त्यस्तै मध्यपुरथिमि नगरपालिका–१ को उपस्वास्थ्य चौकी मतदान स्थललाई युनिक नेपाल स्कुल, वडा नं ४ दथुटोल परिवार नियोजन क्लिनिक मतदान स्थललाई आदर्श माध्यमिक विद्यालय र वडा नं ५ को नासननी पाटी मतदान स्थललाई सिद्धिकाली मन्दिर परिसरमा सारिएको छ । चाँगुनारायण नगरपालिका–१ सरस्वती मन्दिर पाटी सरस्वतीखेलको मतदान स्थल श्री विनायक सरस्वती आधारभुत विद्यालय र वडा नं ३ को पुरानो गाविस भवन झौखेल मतदान स्थल शहरी स्वास्थ्य केन्द्रमा कायम गरिएको छ ।

भक्तपुरमा मतदान स्थलको संख्या घटेको छ । यसअघि ७७ मतदान स्थल भएकामा अब ७६ मतदान स्थल कायम गरिएको बिसीले बताउनुभयो । मध्यपुरथिमि–४ को दथुटोल परिवार नियोजन क्लिनिक मतदान स्थललाई आदर्श माध्यमिक विद्यालय मतदान स्थलमा गाभिएको छ । भक्तपुरमा २१९ मतदान केन्द्र रहेका छन् । कार्यदलले भक्तपुरका ३३ मतदान स्थलको नाम र ठेगानामा भएको त्रुटी सच्याएर नयाँ कायम गरेको छ । त्रुटी सच्याएका मतदान स्थलमा भक्तपुर नगरपालिकाको एक, चाँगुनारायण नगरपालिकाका ६, सूर्यविनायक नगरपालिकाका २२ र मध्यपुरथिमि नगरपालिकाका चार छन् ।रासस