२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एक चीन नीतिको पक्षमा दृढ छ: उपाध्यक्ष पौडेल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अमेरिकी सभामुख नेन्सी पेलोसीको हालैको ताईवान भ्रमण र त्यस पछिका घटनाक्रमहरुलाई  नजिकबाट नियालीरहेका बताउनु भयो । उहाँले न्यूजपोलारसँग भन्नुभयो “हामी एक चीन नीतिको पक्षमा र ताईवान चीनको अभिन्न भूभाग हो भन्ने पक्षमा छौं । विश्व शान्तिमा प्रतिकूल प्रभाव पार्ने कार्य कतैबाट र कसैबाट पनि हुनु हुँदैन । अमेरिकाले ताईवान चीनको भूभाग हो भन्ने माने पछि दुई देश बीच कुटनीतिक सम्बन्ध स्थापित भएको सर्वविदितै छ । अब पनि ताईवान चीनको अभिन्न भूभाग हो भन्ने मान्यताका आधारमा उत्पन्न तनाव अन्त्य गर्न र समस्या समाधान गर्न सम्बद्ध सबै सहमत हुनु पर्दछ । क्षेत्रीय शान्ति र प्रकारान्तरले विश्वशान्तिलाई नै प्रभाव पार्ने यस घटनाका सम्बन्धमा नेपाल सरकारले पनि आफ्नो दृष्टिकोण सार्वजनिक गर्नु पर्दछ ।”

उपाध्यक्ष पौडेलले  अर्को एक प्रसंगमा एमाले निर्वाचनका लागि तयारी अवस्थामा रहेको बताउनुभएको छ । सरकारले मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेपछि उपाध्यक्ष पोडेलले भन्नुभयो, “चुनावको मिति घोषणा अपेक्षित र स्वाभाविक हो, एमाले निर्वाचनका लागि पूर्णरुपमा तयार छ ।”

“एमालेको तयारी सबैभन्दा अगाडि छ, हामीले पार्टीलाई निर्वाचनमा होमिसकेका छौँ”, उपाध्यक्ष पौडेलले भन्नुभयो । स्थानीय तहको निर्वाचन लगत्तै त्यसको समीक्षा र संघीय तथा प्रदेशको निर्वाचनका लागि आफूहरु तयार भइसकेको उहाँले जानकारी गराउनुभयो । यसका लागि योजनाका साथ पार्टी पंक्तिलाई परिचालन गरिसकिएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “निर्धारित समयमा नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहितरुपमा निर्वाचन सम्पन्न गर्न राज्यले विशेष ध्यान दिनुपर्छ ।” उपाध्यक्ष पौडेलले राज्यको शक्ति, स्रोत र साधनको दुरुपयोग हुन सक्नेतर्फ सचेत गराउँदै धाँधली वा अनियमितता जस्ता कार्यले लोकतन्त्रलाई नै कमजोर पार्ने हुँदा त्यस्ता कार्य कतैबाट पनि हुन नहुने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले अर्को एक प्रसंगमा कोशीलगायत नदीहरुमा आएको बाढी तथा मुलुकका विभिन्न स्थानमा गएको पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितहरुलाई राहत र पुनःस्थापनामा सरकारले गम्भीररुपमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कयौँ व्यक्ति घरबारविहीन भएका छन्, उनीहरुको गाँसबासको बारेमा सरकार गम्भीर हुनुपर्छ, नागरिकलाई दुःखका बेला राज्य छ भन्ने अनुभूति हुनपर्छ तर सरकारको शैली त्यस्तो देखिँदैन ।”