• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिन्छुः माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने संकेत गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा यस्तो संकेत गर्नुभएको हो ।

उहाँले राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीहरुले समय मागिरहेपनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको बताउनु भयो । अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उद्घोष गर्नुभयो । उहाँले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिष्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताउनु भयो । उहाँले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्ने भन्दै परिस्थितिको सामना गरेर विजयको ढोका खोल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई कतिपय पत्रकार साथीहरुले एकदिन दिनुहोस् न भनेर मागेका छन् तर समय मिलाउन भ्याइरहेको छैन । एकदिन निकाल्न सकेको छैन । यो समय पाँच वर्षपछि मिल्ने हो कि जस्तो लागेको छ । अब यो राजनीतिबाट पाँच वर्षपछि बिदाई हुनुपर्ला जस्तो लागिरहेको छ । धेरै बस्न पनि जरुरी छैन । ७० वर्षमा नै बिदा हुने भनेको हो तर राजनीतिक परिस्थितिले छोड्न नै दिएको छैन ।

यसपटकको चुनावमा त लड्नैपर्छ । जित्नैपर्छ । राजनीतिलाई एउटा मोडमा पु¥याउनै पर्छ । चुनावको मितिको घोषणा भइपनि सकेको छ । अबपनि चुनावमा नउठ्ने भन्ने कुरा गर्नै भएन । डराएछ कि के हो माधव नेपाल भन्नेपर्ला । सामना गरेर, चुनावमा उठेर, विजयको ढोका बजाएर तपाईहरुको बीचमा मैले फेरि आउनुपर्नेछ ।’

अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेरै प्रतिष्पर्धा गर्ने उद्घोष गर्नुभयो । उहाँले शुक्रवार पाँच दलीय गठबन्धनको तर्फबाट आगामी निर्वाचनमा मिलेर प्रतिष्पर्धा गर्ने कुराको घोषणा हुने बताउनु भयो । उहाँले अब तेस्रो शक्ति बनाउन पार्टीहरु एकजुट भइरहेको उल्लेख गर्दै शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी उक ठाउँमा हनुपर्ने आवश्यक्ता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन कायम रहन्छ कि रहँदैन भन्ने कुरा आउला, त्यसैले गठबन्धन कायम रहन्छ । हामी आगामी निर्वाचनमा गठबन्धन गरेर हामी भोलि गठबन्धन रहन्छ भनेर घोषणा गर्दैछौँ । हामी अर्को मोर्चा पनि बनाउन गइरहेका छौँ । तेस्रो शक्ति । तेस्रो शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, यी ४ पार्टी एक ठाउँमा गोलबन्दी हुन जरुरी छ । नेपाली काँग्रेसलाई हामी नै सबैथोक हौँ भन्ने परेको हुनसक्छ । यता एउटालाई त परेकै छ । मै हुँ सर्वेसर्वा भन्ने । यसले बिगारेको छ ।’

अध्यक्ष नेपालले नेपाली काँग्रेसमा हामी नै सबैथोक हौँ परेको आशंका व्यक्त गर्दै अरु पार्टी पनि मैदानमा छन् भन्ने सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले नेकपा एमालेप्रति इंगित गर्दै आफू सर्वेसर्वा हूँ भनिरहेको र यही प्रवृतिले देश बिगारीरहेको उल्लेख गर्नुभयो ।