२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावका लागि आन्तरिक तयारी थालिसकिएको छः प्रमुख आयुक्त



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावका लागि आन्तरिक तयारी थालिसकिएको बताएका छन् । मन्त्रिपरिषद्को निर्णयलगत्तै पत्रकार सम्मेलन गर्दै थपलियाले सो कुरा बताएका हुन् ।

यस्तै, आगामी ४ मंसिरमा संघीय र प्रदेश संसदको चुनाव गर्ने सरकारको निर्णय अपेक्षित र नियमित रहेको उनले बताए ।

थपलियाले भने ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निस्पक्ष र भयरहित बनाउने गरी आवश्यक तयारी हामीले थालिसकेका छौं । अहिलेसम्म अनौपचारिकरूपमा गरिएको तयारीलाई औपचारिक बनाएर अघि बढ्ने छौं ।,’

आगामी चुनावमा १० लाखसम्म मतदाता थपिनसक्ने उनको आँकलन छ ।