काठमाडौं । भोली (शुक्रबार)देखि देशभर भइरहेको मतदाता नामावली संकलनको काम स्थगित हुने भएको छ । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकेसँगै मतदाता नामावली संकलनको काम स्थगित हुने भएको हो ।
गत स्थानीय तह निर्वाचनको मतगणना कार्य सम्पन्न भएपछि आयोगले छुटेका व्यक्तिहरुको नामावली संकलन गरिहेको थियो ।