२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेसँग एक्लै लड्ने हैसियत कुनै पार्टीमा देखिएन: विष्णु पौडेल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले कुनै पनि राजनीतिक दलसँग एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएको बताउनुभएको छ । ललितपुरस्तरीय पार्टीको कार्यकर्ता भेला तथा प्रशिक्षणमा उहाँले गत स्थानीय चुनावजस्तै आगामी निर्वाचनहरु पनि एमाले भर्सेस गठबन्धन हुने बताउनुभयो ।

नेपालको राजनीतिमा नेकपा एमाले नामको पार्टीको उदय भएको भन्दै उपाध्यक्ष पौडेलले एमालेको विचारसँग कसैको विचारको तुलना नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “एमालेसँग तुलना हुने कुनै पार्टी नै छैन, एमालेविरुद्ध चुनाव लड्ने दुई खुट्टाले टेकेको पार्टी नेपाल नामको धर्तीम देखिएन, आजको यथार्थ नै यही हो ।”