९ भाद्र २०८३, मंगलवार
,
Latest
मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण फ्रिजमा राखेको अण्डा खाँदै नखानुस्



अ+ अ-

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।

चिसो मौसममा अण्डा खानु स्वास्थ्यका लागि एकदमै राम्रो र फाइदाजनक मानिन्छ । किनकि यसमा अधिक मात्रामा प्रोटिन, क्याल्सियम र ओमेगा ३ फ्याटी एसिड हुने गर्दछ । तर त्यहीँ अण्डालाई फ्रिजमा राख्नाले त्यो सबै नष्ट हुने गर्दछ ।

यसका साथै फिजमा राखेको अण्डा छिट्टै बिग्रने गर्दछ । यदि तपाई अण्डामा रहेका गुणहरु नष्ट नहुन भन्ने चाहनुहुन्छ भने अण्डालाई रुम टेम्पेरेचरमा नै राख्नु राम्रो मानिन्छ । दैनिक अण्डा खाने गर्नुभएको छ भने पनि धेरै दिनसम्म राखेको अण्डा नखानुहोस् । आवश्यकता परेको बेलामा अण्डा किनेर खानु नै राम्रो मानिन्छ ।

यो कुरा सही हो कि अण्डालाई फ्रिजमा राख्नाले त्यो फ्रेस रहने गर्दछन् तर त्यसबाट पौष्टिक तत्व पनि नष्ट हुने गर्दछ । यसका साथै त्यसको असली स्वाद पनि नष्ट हुने गर्दछ । फ्रिजमा अण्डा राख्नाले त्यसमाथि रहेको ब्याक्टेरिया बढ्न सक्छन् । यस्तोमा अण्डाको भित्र पनि ती ब्याक्टेरिया घुस्ने सम्भावना हुने गर्दछ । यसका साथै फ्रिजमा राखेका अन्य सामानहरुमा पनि उक्त ब्याक्टेरिया फैलने खतरा बढ्ने गर्दछ ।

यसरी तपाईको एउटा सानो भुलले तपाईको स्वास्थ्यसँग सम्झौता गरिरेहेको हुन्छ । जुन अण्डालाई तपाईले स्वास्थ्यवर्धक सम्झेर खाइरहनुभएको छ, त्यो नै बिमारी र तपाईको स्वास्थ्यका लागि खतरा बन्न सक्छ ।