१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

तालाबन्दीपछि दैनिक काम प्रभावित

तालाबन्दीपछि दैनिक काम प्रभावित
अ अ+ अ-

वीरगञ्ज । बाराको निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएपछि कार्यालयको कार्यसम्पादन प्रभावित भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरुवामा लापरवाही गरेको भन्दै नगरप्रमुख सुरथ पुरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीनरूपमा तालाबन्दी गर्नुभएको हो ।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएपछि कार्यालयको नियमित कार्य प्रभावित हुँदै आएको छ । मन्त्रालयले २०७९ साउन ११ गते सचिवस्तरको निर्णयलाई उक्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हरिलाल पुरीको सरुवा गरेको भए पनि मन्त्रालयले पुनः २०७९ साउन १५ गते उक्त निर्णय उल्टयाउँदै पुनः पुराना सुमनकुमार कार्कीलाई प्रमुख प्रशासकीय अधिकृत पदमा बहाली गरेसँगै विवादले चरम रूप लिएको छ ।

पुराना प्रमुख प्रशासकीय अधिकृत कार्कीले कार्यालयको कार्यसम्पादन गर्दा नगरसभाका पदाधिकारीसँग समन्वय नगरी काम गर्दै आएकाले उहाँलाई कार्यालयमा पुनः हाजिर नगराउने अडानका साथ नगरप्रमुख पुरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीनरूपमा तालाबन्दी गर्नुभएको छ ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा भई यही साउन १३ गते कार्यालयमा हाजिर भइसक्नुभएका पुरीको स्थानमा पुनः कार्कीलाई मन्त्रालयले बहाली गरेपछि समस्या सिर्जना भएको हो । पुनः सरुवा थमौती हुनुभएका कार्की सो नगरपालिकामा विगत करिब दुई वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ । यता यसबारे प्रमुख प्रशासकीय अधिकृत कार्कीले आफू कर्मचारी भएकाले आफूलाई खटाइएको स्थानमा काम गर्ने प्रतिक्रिया दिनुभयो ।

यसबारे मन्त्रालयका प्रवक्ता (सहसचिव) वसन्त अधिकारीले नगरपालिकामा नगरसभाका पदाधिकारीसँग प्रमुख प्रशासकीय अधिकृतले समन्वय नगरेको वा कुनै गल्ती काम गरेको भए मन्त्रालयमा लिखित निवेदन दिन सक्ने तर नगरप्रमुखले आफँैले तालाबन्दी गर्न नमिल्ने बताउनुभयो ।