२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारविरुद्ध राप्रपाले गर्यो कालोपट्टीसहित प्रदर्शन (फोटोफिचर)



अ+ अ-

काठमाडौं । राप्रपाले काठमाडौंसहित देशभरका सबै जिल्लामा भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ ।

बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन गरिएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

दोश्रो चरणको संघर्षको दोश्रो कार्यक्रमको रुपमा राप्रपाले आज भ्रष्टाचारको विषयलाई लिएर प्रदर्शन गरेको हो । साउन ११ देखि शुरु भएको दोश्रो चरणको संघर्षको कार्यक्रम साउन ३१ गतेसम्म जारी रहने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

‘विभिन्न २२ शुत्रीय माग राखेर गत असार १ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपा आफ्ना मागहरू पुरा गराउन दबाबमूलक संघर्षमा रहेको छ ।’ प्रवक्ता श्रेष्ठले भने ।