१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी



फाइल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणाका बारेमा छलफल गर्न दिउँसो ३ बजे बैठक बोलाउनुभएको थियो ।

बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावबारे छलफल भइरहेको बताइएको छ । बैठकमा नेपाली कांग्रेस नेताहरु, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसहितका नेता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवन नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुलगायत सहभागी छन् ।

बिहीबार नियमित मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा गर्ने तयारी स्वरुप मन्त्रिपरिषदको बैठक बोलाइएकाले त्यसको तयारी स्वरुप प्रधानमन्त्रीले गठबन्धनका नेताहरुसँग छलफल गर्नुभएको हो ।