२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ९१५ जनामा कोरोना संक्रमण, दुईको निधन



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ६ हजार २ जनामा गरिएको परीक्षणमा सो संख्यामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ । यस्तै, ३०१ संक्रमित निको हुँदा सक्रिय संक्रमितको संख्या पाँच हजार ४३३ पुगेको छ ।