• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   यामी–आदित्यलाई पुत्रलाभ, के राखे छोराको नाम ? ★   प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो ★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन ★   सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ: प्रमुख सचेतक शाही ★   नेपाली काँग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ: प्रधानमन्त्री दाहाल ★   सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन: मन्त्री गिरी ★   काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने ★   संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस ★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ? ★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प

सप्तकोसीले उदयपुरमा कटान थाल्यो, बस्ती स्थानान्तरण



काठमाडौँ । उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ । पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।

सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । अहिले नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

गृहमन्त्री खाणले कटानबाट प्रभावित बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग समेत छलफल गर्नुभएको छ । मन्त्री डा खड्काको गृहजिल्ला उदयपुर भएकाले उहाँसँग छलफल गरिएको हो ।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश नं १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरी तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री खाणले त्यसका लागि के–के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउनसमेत निर्देशन दिनुुभएको छ । गृहसचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिनुभयो । कटानबाट सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचका बासिन्दा प्रभावित छन् ।

विपद्मा परेकालाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने बताइएको छ । कटानलाई रोकेर पनि त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरण आवश्यक छ । केही दिनअघि पनि सप्तकोसीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको स्थानीय सुरक्षा अधिकारीले बताएका छन् ।