• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया

अर्थमन्त्री माथि उच्चस्तरीय छानबिन गर्न माग गर्दै ल्याएको रिट सर्वोच्चद्वारा रिट दरपीठ



काठमाडौ । सर्वोच्च अदालतले अर्थमन्त्री जनार्दन शर्मामाथि उच्चस्तरीय छानबिन गर्न माग गर्दै ल्याएको रिट निवेदनलाई दरपीठ गरेको छ ।

सर्वोच्च अदालत प्रशासनले उपभोक्ता हित संरक्षण मञ्चले अर्थमन्त्री शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्ति प्रवेश गराएको हुनाले उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरिएको रिट निवेदनलाई दरपीठ गरेको हो ।

सर्वोच्च अदालतका कामु रजिष्टार नारायणप्रसाद पन्थीले प्रक्रिया पूरा नगरी रिट निवेदन ल्याएको हुनाले दरपीठ गर्नुपरेको जानकारी दिनुभयो । रासस