१० मंसिर २०८१, सोमबार
,
Latest
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ मन्त्रिपरिषद्को बैठक जारी प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छः देउवा चलचित्र ‘ऊनको स्वीटर’ वैशाख २६ गते रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक युक्रेनद्वारा रूसी तेल तथा उर्जा केन्द्रमा प्रहार राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह पुल नबन्दा स्थानीयलाई सास्ती सिटिइभिटी तालाबन्दी निषेध क्षेत्र घोषणा, जायज माग सम्बोधन गर्ने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२०ः बंगलादेशसँग नेपालको बराबरी



अ+ अ-

काठमाडौं । साफ यू–२० च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई १÷१ गोलको बराबरीमा रोकेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज भएको लिगचरणको अन्तिम खेलमा नेपाललले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेसँगै नेपालको फाइनल खेल्ने सम्भावना कामयमै रहेको छ ।

नेपालले ४ खेलमा ७ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । बङ्गलादेशले भने फाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहेको बङ्गलादेशले ४ खेलमा १० अङ्क जोडेको छ । बङ्गलादेश शीर्ष स्थानमा रहेको छ । अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नुपर्नेछ । यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ । भारतले जित वा बराबरी गरेको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

भारत र माल्दिभ्सबीचको खेल आज भएको छ । भारत ३ खेलमा ६ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । माल्दिभ्स १ अङ्क जोडेर प्रतियोगिताबाट बाहिरिसकेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दुवै गोल दोस्रो हाफमा भएको हो । खेलको ६३औँ मिनेटमा बङ्गलादेशका मोहमद पियास अमहेद नोभाले एक गोल गर्दै बङ्गलादेशलाई सुरुआत अग्रता दिलाए ।

बङ्गलादेशको १ शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६८औँ मिनेटमा नीरञ्जन मल्लले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसअघि दुवै टोली १० खेलाडीमा समेटिएको थियो ।