• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल ★   आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस (फाेटाे फिचरसहित) ★   लखनउले मुम्बईलाई ४ विकेटले हरायो ★   च्याम्पियन्स लिगः बायर्न र रियलले बराबरी खेले ★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा ★   सप्तरीको चिम्टीमा भीषण आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर ★   आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान ★   डोल्पाका सबै सांसद मन्त्री

एकैदिन थपिए ८१४ संक्रमित, २९९ निको



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पाँच हजार ४१५ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ७६२ पीसीआर परीक्षणमा ५०९ र दुई हजार ६५३ एन्टिजेन परीक्षणमा ३०५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २९९ रहेको छ भने यसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार १४४ पुगेको छ ।