• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य ★   प्रधानमन्त्री दाहाल सत्ताका लागि जे गर्न पनि तयार हुनुुहुन्छ: डा. बाबुराम भट्टराई ★   नेपालविरुद्ध जोनसनको आक्रामक शतक ★   श्रमिकका समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधारका लागि श्रमाधान सेवा शुभारम्भ ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो सफलता ★   ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका ★   वेस्ट इन्डिज ‘ए’ को आक्रामक ब्याटिङ ★   वेस्ट इन्डिज ‘ए’ को १०० रन पूरा ★   विश्व मजदुर दिवस: घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर ★   उप निर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गरेको छ: ज्ञवाली

एकैदिन थपिए ८१४ संक्रमित, २९९ निको



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पाँच हजार ४१५ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ७६२ पीसीआर परीक्षणमा ५०९ र दुई हजार ६५३ एन्टिजेन परीक्षणमा ३०५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २९९ रहेको छ भने यसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार १४४ पुगेको छ ।