२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाल्कोनीमा जानु जवाहिरीलाई भारी पर्‍यो, छ महिनादेखि खोजिरहेको थियो अमेरिकी एजेन्सी



अ+ अ-

एजेन्सी । अमेरिकी ड्रोन हमलामा अल कायदाका नेता अयमान अल जवाहिरीको मृत्यु भएको छ । एक अमेरिकी अधिकारीका अनुसार जब जवाहिरी बाल्कोनीमा हिंड्न बाहिर गएका थिए त्यसैबखत दुईवटा ‘हेलफायर मिसाइलहरू रीपर ड्रोन’बाट प्रहार गरियो ।

अफगानिस्तानको समय अनुसार आइतबार बिहान ६ः१८ बजे आक्रमण भएको हो । अर्कोतर्फ अमेरिकामा शनिबार राति ९ः४८ बजेको थियो । अमेरिकी अधिकारीले काबुलमा विगत ६ महिनादेखि अमेरिकी एजेन्सीहरूले लगातार उनलाई पछ्याइरहेको बताएका छन् । यस कारबाहीमा अमेरिकीले ९/११ आक्रमणको बदला लिएको बताएको छ । राष्ट्रपति जो बाइडेनले ‘न्याय भएको’ बताएका छन् ।

यस वर्षको जनवरीमा अमेरिकी गुप्तचर स्रोतहरूले अल– जवाहिरीकी पत्नी, छोरी र नाति काबुलको एउटा घरमा सरेको थाहा पाएका थिए । अमेरिकी अधिकारीका अनुसार उनीहरुमाथि ती एजेन्सीहरुले नजर राखेका थिए । जवाहिरीको परिवारले ती सबै सावधानीहरू अपनाउँदै थिए ताकि कसैले तिनीहरूलाई पछ्याउन नपरोस्, तर उनीहरुले सुराकहरू पाएका थिए ।

यो विश्वास गरिएको थियो कि अल– जवाहिरी पनि घरमा हुन सक्छन् । अधिकारीका अनुसार ओसामा बिन लादेनजस्तै जवाहिरीको जीवनको ढाँचा बुझ्न विभिन्न स्रोत र विधिहरू प्रयोग गरिएको थियो, जसले त्यो घरमा उनी रहेको पुष्टि गरेको थियो । यसबाट अर्को कुरा थाहा भयो कि उनी बाल्कोनीमा समय बिताउने गर्थे । यो समय आक्रमणको लागि छनोट गरिएको थियो । तर, विगत १२ महिनादेखि अमेरिकी एजेन्सीहरूले जवाहिरीको खोजी गरिरहेका थिए ।

यो लुक्ने ठाउँ मध्य काबुलको शेरपुर क्षेत्रमा छ । यो सम्पूर्ण क्षेत्र अफगान रक्षा मन्त्रालयको हो । पछिल्लो समय यहाँ अफगानिस्तानका उच्च अधिकारीको घर बनाइएको छ । केही मिडिया रिपोर्टका अनुसार तालिबानका आन्तरिक मन्त्री तथा कुख्यात आतंकवादी सिराजुद्दीन हक्कानीले उनलाई निकै सुरक्षित घरमा आश्रय दिएका थिए ।

अमेरिकी अधिकारीका अनुसार जवाहिरी आफ्नो परिवारसँग सेफ हाउसमा बस्दै आएका थिए । अमेरिकी अधिकारीहरूले आक्रमणमा परिवारलाई कुनै क्षति नभएको बताएका छन् । अमेरिकाले यस आक्रमणको बारेमा तालिवानलाई कुनै जानकारी दिएको छैन ।

अमेरिकी आक्रमणपछि तालिबान सरकार आक्रोशित बन्दै अमेरिकालाई चेतावनी दिएको छ । तालिबानका प्रवक्ता जबिउल्लाहका अनुसार जुलाई ३१ मा काबुल सहरको शिरपुर क्षेत्रमा हवाई हमला गरिएको थियो । आक्रमणको प्रकृति सुरुमा थाहा नभए पनि सुरक्षा र गुप्तचर निकायले यस विषयमा अनुसन्धान गरेका थिए । प्रारम्भिक अनुसन्धानले यो अमेरिकी ड्रोनले गरेको खुलेको छ ।

सेप्टेम्बर ११, २००१ मा, १९ आतंकवादीहरूले ४ व्यावसायिक विमानहरू अपहरण गरेर अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए । अमेरिकामा यसलाई ९/११ आक्रमण भनिन्छ । यस आक्रमणमा ९३ देशका २ हजार ९ सय ७७ व्यक्तिको मृत्यु भएको थियो । यस हमलामा ओसामा बिन लादेन, अल जवाहिरीलगायत अलकायदाका सबै आतंकवादीलाई अमेरिकी अनुसन्धान एजेन्सीले आरोप लगाएको थियो ।




भर्खरै