• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल

बाल्कोनीमा जानु जवाहिरीलाई भारी पर्‍यो, छ महिनादेखि खोजिरहेको थियो अमेरिकी एजेन्सी



एजेन्सी । अमेरिकी ड्रोन हमलामा अल कायदाका नेता अयमान अल जवाहिरीको मृत्यु भएको छ । एक अमेरिकी अधिकारीका अनुसार जब जवाहिरी बाल्कोनीमा हिंड्न बाहिर गएका थिए त्यसैबखत दुईवटा ‘हेलफायर मिसाइलहरू रीपर ड्रोन’बाट प्रहार गरियो ।

अफगानिस्तानको समय अनुसार आइतबार बिहान ६ः१८ बजे आक्रमण भएको हो । अर्कोतर्फ अमेरिकामा शनिबार राति ९ः४८ बजेको थियो । अमेरिकी अधिकारीले काबुलमा विगत ६ महिनादेखि अमेरिकी एजेन्सीहरूले लगातार उनलाई पछ्याइरहेको बताएका छन् । यस कारबाहीमा अमेरिकीले ९/११ आक्रमणको बदला लिएको बताएको छ । राष्ट्रपति जो बाइडेनले ‘न्याय भएको’ बताएका छन् ।

यस वर्षको जनवरीमा अमेरिकी गुप्तचर स्रोतहरूले अल– जवाहिरीकी पत्नी, छोरी र नाति काबुलको एउटा घरमा सरेको थाहा पाएका थिए । अमेरिकी अधिकारीका अनुसार उनीहरुमाथि ती एजेन्सीहरुले नजर राखेका थिए । जवाहिरीको परिवारले ती सबै सावधानीहरू अपनाउँदै थिए ताकि कसैले तिनीहरूलाई पछ्याउन नपरोस्, तर उनीहरुले सुराकहरू पाएका थिए ।

यो विश्वास गरिएको थियो कि अल– जवाहिरी पनि घरमा हुन सक्छन् । अधिकारीका अनुसार ओसामा बिन लादेनजस्तै जवाहिरीको जीवनको ढाँचा बुझ्न विभिन्न स्रोत र विधिहरू प्रयोग गरिएको थियो, जसले त्यो घरमा उनी रहेको पुष्टि गरेको थियो । यसबाट अर्को कुरा थाहा भयो कि उनी बाल्कोनीमा समय बिताउने गर्थे । यो समय आक्रमणको लागि छनोट गरिएको थियो । तर, विगत १२ महिनादेखि अमेरिकी एजेन्सीहरूले जवाहिरीको खोजी गरिरहेका थिए ।

यो लुक्ने ठाउँ मध्य काबुलको शेरपुर क्षेत्रमा छ । यो सम्पूर्ण क्षेत्र अफगान रक्षा मन्त्रालयको हो । पछिल्लो समय यहाँ अफगानिस्तानका उच्च अधिकारीको घर बनाइएको छ । केही मिडिया रिपोर्टका अनुसार तालिबानका आन्तरिक मन्त्री तथा कुख्यात आतंकवादी सिराजुद्दीन हक्कानीले उनलाई निकै सुरक्षित घरमा आश्रय दिएका थिए ।

अमेरिकी अधिकारीका अनुसार जवाहिरी आफ्नो परिवारसँग सेफ हाउसमा बस्दै आएका थिए । अमेरिकी अधिकारीहरूले आक्रमणमा परिवारलाई कुनै क्षति नभएको बताएका छन् । अमेरिकाले यस आक्रमणको बारेमा तालिवानलाई कुनै जानकारी दिएको छैन ।

अमेरिकी आक्रमणपछि तालिबान सरकार आक्रोशित बन्दै अमेरिकालाई चेतावनी दिएको छ । तालिबानका प्रवक्ता जबिउल्लाहका अनुसार जुलाई ३१ मा काबुल सहरको शिरपुर क्षेत्रमा हवाई हमला गरिएको थियो । आक्रमणको प्रकृति सुरुमा थाहा नभए पनि सुरक्षा र गुप्तचर निकायले यस विषयमा अनुसन्धान गरेका थिए । प्रारम्भिक अनुसन्धानले यो अमेरिकी ड्रोनले गरेको खुलेको छ ।

सेप्टेम्बर ११, २००१ मा, १९ आतंकवादीहरूले ४ व्यावसायिक विमानहरू अपहरण गरेर अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए । अमेरिकामा यसलाई ९/११ आक्रमण भनिन्छ । यस आक्रमणमा ९३ देशका २ हजार ९ सय ७७ व्यक्तिको मृत्यु भएको थियो । यस हमलामा ओसामा बिन लादेन, अल जवाहिरीलगायत अलकायदाका सबै आतंकवादीलाई अमेरिकी अनुसन्धान एजेन्सीले आरोप लगाएको थियो ।