२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहत पाउने आशामा जुरे पहिरो पीडित



अ+ अ-

सिन्धुपाल्चोक । जुरे पहिरो गएको आठ वर्ष भएको छ । आजभन्दा आठ वर्षअघि, साउन १७ गते जुरे माथिको पहाड खस्दा जुरेका सिङ्गो बस्ती नै पुरियो भने एक सय ४५ जनाको ज्यान गएको थियो । सयौँ घरपरिवार विस्थापित बने । पहिरो पीडितले अहिलेसम्म राहत पाउन सकेका छैनन् भने उनीहरुले पीडा पनि भुल्न सकेका छैनन् ।

पहिरोपीडितका लागि देश–विदेशबाट सर्वसाधारण लगायतका दाताले दिएको दुई करोड २४ लाख राहत रकम आठ वर्ष बितिसक्दासमेत सरकारी खातामै अड्किएको छ । राहत रकमका लागि पटकपटक पहिरोपीडितहरु जिल्ला प्रशासन कार्यालयका साथै गृह मन्त्रालयसम्म पनि धाइरहे । अघिल्लो महिना मात्रै मन्त्रिपरिषद्को निर्णयबाट रकम फुकुवा भएसँगै पीडितहरुले रकम पाउने आशा पलाएको बलेफी गाउँपालिकाका रामबहादुर तामाङ बताउनुहुन्छ ।

पहिरोपीडितका लागि सङ्कलित रकमको खाता फुकुवा भएसँगै कुन मापदण्डअनुसार वितरण गर्ने भन्ने टुङ्गोमा पुग्न जिल्ला विपद् व्यवस्थापन समितिले सरोकारवाला तथा पहिरोपीडितहरुसँग अबको बैठकमा छलफल गर्ने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष वेदनिधि खनालले जानकारी दिनुभयो ।

विसं २०७१ साउन १७ गते तत्कालीन मांखा र राम्चे गाविसको सीमामा पहिरो जाँदा ३० घर पूर्ण रुपमा नष्ट भएको थियो भने ५४ घरमा क्षति पुगेको थियो । तीनवटा स्थानीय तहमा ठूलो मानवीय र भौतिक क्षति भयो । अरनिको राजमार्ग पूर्ण रुपमा लामो समय बन्द रह्यो । भोटेकोसी र सुनकोसी नदीको सङ्गमस्थलबाट लगभग चार किलोमिटर दूरीमा पर्ने जुरेमा पहिराले १८ घण्टा नदी थुनिँदा जुरे आसपास आक्रान्त बनेको थियो । सुनकोसी नदी तटीय क्षेत्रका लामोसाँघु, खाडीचौर, बलेफी, सुकुटेदेखि काभ्रेपलाञ्चोक र सिन्धुलीसम्मका नागरिकहरु लामो समय त्रासमा रहे । बाह्रबिसे बजारसम्म थुनिएको नदीले डुबाउने सम्भावना बढेपछि बजार र बस्ती पूरै खाली गरिएको थियो । सानिमा हाइड्रो पावर र सुनकोसी हाइड्रो पावरको ड्यामसहित पावर हाउससम्म क्षति पुग्यो ।