५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहत पाउने आशामा जुरे पहिरो पीडित



अ+ अ-

सिन्धुपाल्चोक । जुरे पहिरो गएको आठ वर्ष भएको छ । आजभन्दा आठ वर्षअघि, साउन १७ गते जुरे माथिको पहाड खस्दा जुरेका सिङ्गो बस्ती नै पुरियो भने एक सय ४५ जनाको ज्यान गएको थियो । सयौँ घरपरिवार विस्थापित बने । पहिरो पीडितले अहिलेसम्म राहत पाउन सकेका छैनन् भने उनीहरुले पीडा पनि भुल्न सकेका छैनन् ।

पहिरोपीडितका लागि देश–विदेशबाट सर्वसाधारण लगायतका दाताले दिएको दुई करोड २४ लाख राहत रकम आठ वर्ष बितिसक्दासमेत सरकारी खातामै अड्किएको छ । राहत रकमका लागि पटकपटक पहिरोपीडितहरु जिल्ला प्रशासन कार्यालयका साथै गृह मन्त्रालयसम्म पनि धाइरहे । अघिल्लो महिना मात्रै मन्त्रिपरिषद्को निर्णयबाट रकम फुकुवा भएसँगै पीडितहरुले रकम पाउने आशा पलाएको बलेफी गाउँपालिकाका रामबहादुर तामाङ बताउनुहुन्छ ।

पहिरोपीडितका लागि सङ्कलित रकमको खाता फुकुवा भएसँगै कुन मापदण्डअनुसार वितरण गर्ने भन्ने टुङ्गोमा पुग्न जिल्ला विपद् व्यवस्थापन समितिले सरोकारवाला तथा पहिरोपीडितहरुसँग अबको बैठकमा छलफल गर्ने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष वेदनिधि खनालले जानकारी दिनुभयो ।

विसं २०७१ साउन १७ गते तत्कालीन मांखा र राम्चे गाविसको सीमामा पहिरो जाँदा ३० घर पूर्ण रुपमा नष्ट भएको थियो भने ५४ घरमा क्षति पुगेको थियो । तीनवटा स्थानीय तहमा ठूलो मानवीय र भौतिक क्षति भयो । अरनिको राजमार्ग पूर्ण रुपमा लामो समय बन्द रह्यो । भोटेकोसी र सुनकोसी नदीको सङ्गमस्थलबाट लगभग चार किलोमिटर दूरीमा पर्ने जुरेमा पहिराले १८ घण्टा नदी थुनिँदा जुरे आसपास आक्रान्त बनेको थियो । सुनकोसी नदी तटीय क्षेत्रका लामोसाँघु, खाडीचौर, बलेफी, सुकुटेदेखि काभ्रेपलाञ्चोक र सिन्धुलीसम्मका नागरिकहरु लामो समय त्रासमा रहे । बाह्रबिसे बजारसम्म थुनिएको नदीले डुबाउने सम्भावना बढेपछि बजार र बस्ती पूरै खाली गरिएको थियो । सानिमा हाइड्रो पावर र सुनकोसी हाइड्रो पावरको ड्यामसहित पावर हाउससम्म क्षति पुग्यो ।




भर्खरै