४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

धनाढ्य र बुद्धिजीविबाटै स्तनपानमा हेलचेक्राइँ भयो: स्वास्थ्यमन्त्री खापुङ

धनाढ्य र बुद्धिजीविबाटै स्तनपानमा हेलचेक्राइँ भयो: स्वास्थ्यमन्त्री खापुङ
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरुबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्राइँ भइरहेको बताउनुभएको छ ।

मंगलवार प्रशुती गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री खापुङले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकोले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा वागमती प्रदेश भन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गर्नुभयो । उहाँले बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरु बस्ने वागमती प्रदेश र काठमाडौंमा बच्चालाई आमाको स्तनपान गराउनेको संख्या सबैभन्दा कम देखिएको बताउनु भयो । उहाँले हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार भएकोले बच्चाको नैसर्गिक अधिकार हनन गर्नु नहुने बताउनु भयो ।

मन्त्री खापुले शहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बच्चालाई आमाको स्तनपान नगराउनु प्रकृतिको नियम विपरित भएको बताउनु भयो । उहाँले सरकारले निःशुल्क भनेर घोषणा गरेका औषधिहरु आवश्यक समयमा जनताले निःशुल्क नपाएको कारण पत्ता लगाएर तत्काल समस्या समाधान गर्नपनि सम्बन्धित निकाय र मन्त्रालयका सचिवलाई निर्देशन दिनुभयो । उहाँले निःशुल्क रुपमा सर्वसुलभ तरिकाले उपलब्ध गराउने गरी सरकारले घोषणा गरेको औषधिको व्यवस्थालाई तत्काल कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

मन्त्री खापुङले भन्नुभयो, ‘यहाँ तथ्यांक प्रश्तुत भइसकेको छ, स्तनपान गराउने संख्या कर्णाली प्रदेशमा धेरै देखियो । बट्टाको खानेकुरा खुवाउने, स्तनपान कम गराउने संख्या वागमती प्रदेशमा देखियो । विकास निर्माणको अग्रसरतामा सबैभन्दा पछि देखिने कर्णाली यहाँ अघि देखियो । कर्णाली प्रदेशका जनतालाई धन्यवाद भन्नुपर्छ । वागमतीमध्ये पनि सबैभन्दा कम स्तनपान गराउने काठमाडौंमा नै होला । त्यसमा पनि बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरु होलान् । यो तथ्यांकबाट यही खालको आशय बुझिन्छ । यो क्रम जहाँ कम भएको छ, त्यहाँ बुझाएर सम्भव हुन्छ जस्तो लाग्दैन, त्यसको कारण के हो रु कारण पत्ता लगाएर जान आवश्यक छ । स्तनपान भनेको बच्चाको जन्मिएदेखि नै आमाको स्तनपान गर्न पाउनुपर्छ, यो उसको नैसर्गिक अधिकार हो । त्यो अधिकार हनन हुन दिनुभएन । त्यसको लागि अध्ययन हुन जरुरी छ । त्यसको निराकरणको बाटो के हो भन्नेकुरा पत्ता लगाएर अघि बढौँ । मिल्क बैंकको स्थापना सातै प्रदेशमा गर्ने उद्देश्य छ, यसलाई सबै मिलेर सफल पारौँ । औषधि निःशुल्क रुपमा पाइन भन्नेकुरा छ, यो के कारणले पाइएन तत्काल यसको खोजी गर्नुपर्छ र औषधिजस्तो कुरालाई निःशुल्क रुपमा सर्वसुलभ तरिकाले उपलब्ध गराउने गरी सरकारले जे घोषणा गरेको त्यसलाई कार्यान्वयन गर्ने कुरामा कतै कमी कमजोरी रहेको भए यसको कारण खोजी गरेर तत्काल निराकरणको बाटो अघि बढ्नुपर्छ । स्तनपान जान्ने बुझ्नेहरुले के कारणले बच्चालाई गराउँदैनन्, त्यो प्रकृतिले दिएको नियम विपरित नै गएको हो ।’

मन्त्री खापुङले कोरोनाको संक्रमण बढीरहेकोले स्वास्थ्यकर्मीलाई तयारी अवस्थमा रहन र आम नागरिकले थप सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले सप्ताहव्यापी स्तनपान कार्यक्रमलाई नेपालव्यापी रुपमा सफल बनाउन आवश्यक रहेको बताउनु भयो । सातै प्रदेशमा बेबी मिल्क बैंक स्थापना गर्ने लक्ष्य रहेको उल्लेख गर्दै यसमा सबैले सहयोग गर्न र यो काम आमाको दुध खान नपाएर समस्यामा परेका बच्चाहरुको लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो ।