२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारलाई सर्वोच्चको पत्रबारे कामु प्रधानन्यायाधीशको तर्क- ठूलालाई मात्र किन उन्मुक्ति ?



अ+ अ-

काठमाडौ । कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीले भ्रष्टाचारको बिषयमा ठूला पदाधिकारीहरुले उन्मुक्ति पाउन नहुने बताउनु भएको छ ।

सर्बोच्च अदालत बार एशोसिएसनको टोलीसंग आज भएको भेटमा कामु प्रधानन्यायाधीश कार्कीले भन्नुभयो ‘सर्बोच्च अदालतको भवन निर्माणमा अनियमिता भएको आशंकापछि मेरो निर्देशनमा अख्तियारलाई पत्र पठाउन लगाएको हुँ ।’

उहाँले भन्नुभयो- ‘अनियमिताका विषयमा तल्लो तहका कर्मचारीमाथि छानबिन हुन्छ भने माथिल्लो तहकालाई उन्मुक्ति दिन मिल्दैन । कामु प्रधानन्यायाधीश कार्कीले अख्तियारलाई पत्र पठाएको बिषयमा केही न्यायाधीसहरुले असन्तुष्टि जनाएको उल्लेख गर्दै भेटमा सहभागी एक सदस्यले न्युजपोलारलाई भन्नुभयो ‘अदालत भित्र अख्तियारको हस्तक्षेप गराउने काम भयो कि भन्ने पनि आशंका उठिरहेको छ ।’

भेटमा कामु प्रधानन्यायाधीश कार्कीले गोलाप्रथाका बारेमा पनि प्रश्न उठेको उल्लेख गर्दे यो छोटो कार्यकालको लागि भएको र अटोमेसनमा गएपछि यो समस्या समाधान हुने बताउनुभयो । यस बारेमा छलफल गर्न फूलकोर्टको बैठक बस्नुपर्ने भएपनि हाल बैठक बस्न नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो ‘न्यायापालिका सकिने भयो भन्ने चासो छ, फुलकोर्टको बैठक बसेपछि कुनै निकास निस्केला ।’