८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

भक्तपुरमा बढ्दै अपराधका घटना

भक्तपुरमा बढ्दै अपराधका घटना
अ+ अ-

भक्तपुर । भक्तपुरमा गतवर्षको तुलनामा अपराधको घट्ना बढ्दै गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा आर्थिक वर्ष २०७८/७९ मा भएका विभिन्न अपराधका घट्नाबारे जानकारी दिँदै परिसर प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुरमा अपराधको घट्ना विगतका वर्षमा भन्दा बढेको बताउनुभयो ।

प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, “आर्थिक वर्ष २०७६/७७ मा ६५२ अपराधका घटना भएको भक्तपुरमा आव २०७७/७८ मा ५६५वटा थियो, तर आव २०७८/७९ मा घट्ना बढेर असार मसान्सम्म ८३२ वटा पुगेको छ, अपराधसँगै चुनौती थपिएका छन् ।”

प्रहरी परिसर भक्तपुुरले आव २०७८/७९ मा ६६० वटा अपराधका घटना घटने अनुमान गरेकोमा अनुमान भन्दा घटना बढी भएको उहाँको भनाइ थियो । भक्तपुरमा बलात्कार, हत्या, चोरी, ठगी, चेक बाउन्स, लागुऔषध कारोबार तथा सेवन बढेको पाइएको छ । यहाँ घटेका अपराधमध्ये १४ दशमलव ६६ प्रतिशत घट्ना महिला तथा बालबालिकासम्बन्धी रहेको उहाँले जानकारी दिनुभयो ।

एक वर्षमा भक्तपुरमा बैंकिङ कसूरमा २४७, चोरीमा ९७, अभद्र व्यवहारमा ७०, झुण्डिएर मृत्युमा ६०, भवितव्य ज्यान ५२, लागु औषधमा ४२, जबरर्जस्ती करणीमा ४०, सवारी ज्यानमा ३१, ज्यान मार्ने उद्योग १९, विष सेवनमा १७, बहुविवाहमा १२, ठगीमा ११, जबरर्जस्ती करणी उद्योगमा नौ, कर्तव्य ज्यानमा सात, मानव बेचबिखनमा सात, आत्महत्या दुरुत्साहनमा सात, बाल यौन दुव्र्यवहारमा चार, मुद्रासम्बन्धी कसूरमा चार, चोरी उद्योगमा तीन मुद्दा दर्ता भएका छन् ।

त्यस्तै सवारी अङ्गभङ्गमा तीन, गम्भीर उत्तेजनामा कुटपिट गरेकोमा तीन, ज्येष्ठ नागरिकसम्बन्धी कसूरमा दुई, आपराधिक उपद्रोमा दुई, सङ्क्रमण रोग फैलाउनेमा दुई, विस्फोटक पदार्थमा एक, बैंकिङ तथा वित्तीय कसूरमा एक, अपरहणमा एक, नागरिकतासम्बन्धी कसूरमा एक, गर्भ संरक्षकसम्बन्धी कसूरमा एक, बालबालिकासम्बन्धी कसूरमा एक र जातीय भेद्भाव तथा छुवाछुतमा एक गरी कूल ८३२ वटा मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो ।

यी घटनामा एक हजार ६ जना अभियुक्त रहेकोमध्ये ७४५ जना पक्राउ परे पनि २६३ जना अझै फरार रहेका छन् । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले अपराधमा कूल घट्ना र अभियुक्तमध्ये ७४ दशमलव ५ प्रतिशत, बैंकिक कसूरमा २१ दशमलव ५ प्रतिशत र अन्यमा ९१ दशमलव तीन प्रतिशत अभियुक्त पक्राउ परेको जानकारी दिनुभयो । प्रहरी उपरीक्षक श्रेष्ठले धेरै घटनाको कारण लागुऔषधनै रहेको बताउँनुभयो ।