५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राणा बिरुद्धको ‘अलपत्र’ महाअभियोग प्रस्ताब वारे सभामुखसंग बार एशोसिएशनको छलफल



अ+ अ-

काठमाडौं । नेपाल बार एशोसिएशनका केन्द्रिय पदाधिकारीहरुले संसदमा दर्ता गरिएको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाभियोगको प्रस्ताबका बारेमा सभामुख अग्नी प्रसाद सापकोटासंग छलफल गरेको छ ।

बारका अध्यक्ष गोपाल कृष्ण घिमिरे सहित पदाधिकारी तथा सदस्यहरुले सभामुख सापकोटासंग महाभियोग र न्यायपालिका समसामयिक विषयमा छलफल गरेको हो ।

२०७८ फागुन १ गते सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाभियोगको प्रस्ताब दर्ता गरेको थियो । प्रस्ताब दर्ता गरे पछि दलहरुले प्रक्रिया भने अघि बढाएका छैनन ।

याे पनि पढ्नुहाेस-प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ गठबन्धनको २१ बुँदे अभियोग

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने नियतले मात्र महाअभियोग प्रस्ताब दर्ता गरेको आरोप दलहरु लाई लाग्दै आएको छ ।