१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला युरोः जर्मनीलाई हराउँदै इंग्ल्यान्ड च्याम्पियन



अ+ अ-

काठमाडौं । इंग्ल्यान्डले महिला युरोकप २०२२ को उपाधि जितेको छ । वेम्बलीमा आइतबार राति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराउँदै आयोजक इंग्ल्यान्डले पहिलो पटक उपाधि जितेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले एक–एक गोल गरिन् । जर्मनीका लिना मागुलले एक गोल फर्काईन् । खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

यता, ७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा ल्याइन् । निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा इंग्ल्यान्डकी केलीले खेलको ११० औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई उपाधि दिलाइन् ।