२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला युरोः जर्मनीलाई हराउँदै इंग्ल्यान्ड च्याम्पियन



अ+ अ-

काठमाडौं । इंग्ल्यान्डले महिला युरोकप २०२२ को उपाधि जितेको छ । वेम्बलीमा आइतबार राति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराउँदै आयोजक इंग्ल्यान्डले पहिलो पटक उपाधि जितेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले एक–एक गोल गरिन् । जर्मनीका लिना मागुलले एक गोल फर्काईन् । खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

यता, ७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा ल्याइन् । निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा इंग्ल्यान्डकी केलीले खेलको ११० औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई उपाधि दिलाइन् ।