• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

अर्थमन्त्रीमा जनार्दन शर्मा सिफारिस



file

काठमाडौं । अर्थमन्त्रीमा जनार्दन शर्मा सिफारिस भएका छन् । माओवादीको सिफारिससँगै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्न लागिएको हो ।

प्रधानमन्त्रीले सिफारिस गरिसकेपनि शपथको समय भने निर्धारण गरिएको छैन । मन्त्रीको स्वागतका लागि अर्थ मन्त्रालयभित्र तयारी भईरहको अर्थमन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

१४ जेठमा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश गराएर करका दरहरू हेरफेर गराएको आरोप लागेपछि शर्माले गत २२ असारमा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । जसका लागि संसदीय छानबिन समिति समेत गठन भएको थियो । तर, छानबिन समतिले आरोप पुष्टि गर्न नसकेपछि उनलाई फेरि अर्थमन्त्री बनाउन लागिएको हो ।

राष्ट्रपति कार्यालयले शपथको समय भने अझै नतोकेको स्रोतले जनाएको छ ।