• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

राहदानी बनाई दिने भन्दै ठगी तथा कीर्ते गर्ने कसूरमा संलग्न चार जना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वररस्थित राहदानी विभागमा सेवाग्राहीहरूलाई एकै दिनमा राहदानी बनाई दिन्छौँ भनी रकम संकलन गरी ठगी तथा कीर्ते गर्ने कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भएका ३३ वर्षीय राम बहादुर बोगटी, चावहिल बस्ने धनकुटा पाख्रिबास नगरपालिका–१० चुन्वाङ घर भएका २८ वर्षीय श्याम कुमार राई, चावहिल बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भएका २२ वर्षीय राम पौडेल र चाबहिलस्थित रोज बर्ड नामक फोटो स्टुडियो सञ्चालन गरी बस्ने गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजल घर भएका ४१ वर्षीय विबेक गुरूङ रहेका छन् ।

उनीहरूले राहदानी विभागमा सेवाग्राहीहरूलाई ललाई फकाई विश्वासमा पारी रकम संकलन गरी ठगी गर्नुका साथै कीर्ते गरी अनलाइन फारम भरिदिने कार्य गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट प्रहरीले विभिन्न व्यक्तिहरूको नाममा भरिएको ३२ थान अनलाइन फाराम, ३ थान ल्यापटप, १ थान प्रिन्टर र ३ थान मोबाइल बरामद गरेको छ ।

उनीहरू उपर ठगी सम्बधि कसूर र लिखत सम्बन्धि कसूरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।