• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   सुरक्षित मातृत्व सेवा सरकारले थप व्यवस्थित बनाउन जरुरी:सभापति डा.राणा ★   पपुवा न्युगिनीमा पहिरोमा परी करिब १०० जनाको मृत्यु भएको आशङ्का ★   राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण ★   क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर ★   डोजर लगाएपछि बागलुङका ताल सुक्दै ★   संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाऔं: सभामुख घिमिरे ★   व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित ★   कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित ★   धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थल ४५ मिनेटको लागि बन्द ★   कार्यदल बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ: महेश बर्तौला

राष्ट्रपति बाइडेनलाई नौ दिनमा दुई पटक कोभिड संक्रमण



फाईल फोटो

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक पनि कोभिड संक्रमण देखिएको छ । उनको दोस्रो पटकको परीक्षणका क्रममा पुनः पोजेटिभ देखिएको हो । पुनः कोभिड देखिएपछि उनी आइसोलसनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् ।

उनलाई यही जुलाई २१ मा कोभिड देखिएको थियो । त्यसपछि उनी सात दिन आइसोलेसनमा बसेका थिए । ७९ वर्षीय बाइडेनले ‘शनिबार बिहान एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको छ’, राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले एक सूचनामा लेखेका छन् । अमेरिकामा पछिल्लो पटक कोभिडको संक्रमण फेरि बढ्न थालेको छ ।