• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   सन्दीपबारे रचना रिमाल – दोषी भए कानुन अनुसार सजाय देउ निर्दोष भए विश्वकप खेल्न देउ ★   संसदीय समितिलाई प्रभावकारी बनाउनेतर्फ सबै लाग्नुपर्छ: सांसद सर्वेन्द्रनाथ शुक्ला ★   दिनेश कार्तिकले विराट कोहलीलाई ‘ओरेन्ज क्याप’ लगाइदिएपछि… ★   रायोको साग बेचेर लाख आम्दानी ★   कैलालीका थारु समुुदायमा भजहरको रौनक ★   ‘वुल्फ म्यान’को नाम गिनिज बुकमा दर्ता, अनुहार र शरीरको ९८ प्रतिशत भाग कपालले ढाकियो ★   काठमाडौँको वायु अझै अस्वस्थ ★   जापानी विदेशमन्त्री खामिखावा नेपालमा ★   म्याक्सवेलमाथि भारतीय क्रिकेटरको आरोप – आईपीएल इतिहासमा सबैभन्दा ‘अहंकारी’ खेलाडी ★   घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि…

सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र



काठमाडौँ । सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा परासष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकालाई लिखित जानकारी दिएको जानकारी दिनुभयो ।

गत असार ६ गते मन्त्रिपरिषद्को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । यद्यपि सो निर्णयबारे अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै संसद्मा सरकारको आलोचना भएको थियो ।

आजको बैठकमा परराष्ट्रमन्त्री खड्काले भन्नुभयो, “कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउँछ, आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो ।”