• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र



काठमाडौँ । सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा परासष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकालाई लिखित जानकारी दिएको जानकारी दिनुभयो ।

गत असार ६ गते मन्त्रिपरिषद्को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । यद्यपि सो निर्णयबारे अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै संसद्मा सरकारको आलोचना भएको थियो ।

आजको बैठकमा परराष्ट्रमन्त्री खड्काले भन्नुभयो, “कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउँछ, आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो ।”