१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित बैठकहरुको समय तालिका फेरियो (भिडियो)



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्वनिर्धारित प्रदेश बैठकहरु सारिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साउन २१ मा जापान जाने भएपछि प्रदेश बैठकका सेड्यूल हेरफेर भएको हो ।

बैठक हेरफेर भएसँगै प्रदेश नम्बर १ को २६ गते बैठक बस्ने भएको छ भने मधेसको बैठक २ गतेलाई सारिएको छ । त्यसैगरी , लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको वैठक ४ गते बस्ने भएको छ ।

यस्तै, प्रवासको बैठक ६ गतेलाई, विशेष प्रदेशको ४ गते र सम्पर्क मञ्चको बैठक ८ गते हुने भएको छ ।

पार्टी स्थायी कमिटीको वैठक भने १५ गते बस्ने भएको छ । बैठकमा पदाधिकारी चयनको विषयमा छलफल हुने माओवादीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।