२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवाको छालासहित दुईजना पक्राउ



अ+ अ-

महेन्द्रनगर । चितुवाको छालासहित कञ्चनपुरमा दुईजना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका–३ देखतभूलीबाट बिहीबार उनीहरु पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय झलारीको संयुक्त टोलीले दुवैजनालाई चितुवाको छालासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ की ४० वर्षीया मालती मल्ल र अमरगढी–२ का २९ वर्षीय मोहन सार्की रहेका छन् । पक्राउ परेका दुवैलाई डिभिजन वन कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको छ ।

कृष्णपुर–३ मा धानबारीमा लुकाइछिपाइ राखेको अवस्थामा दुई थान चितुवाको छाला बरामद गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।