२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव घोषणा गर्ने प्रधानमन्त्रीको तयारी, प्रचण्ड भन्नुहुन्छः गठबन्धनमा एकमत हुन बाँकी छ



फाइल फोटो
अ+ अ-

काठमाडौंः आगामी संघ र प्रदेशको चुनावको मिति घोषणा गर्ने विषयमा सत्तारुढ दलहरुबीच नै मतैक्य हुन सकेको छैन । सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस बारेमा सत्ता गठबन्धनभित्र एकमत भैनसकेको बताउनु भएको छ ।

माओवादी केन्द्रको पेरिस डाँडास्थित केन्द्रीय कार्यालयमा आजदेखि शुरु भएको स्थायी समिति बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवाले चुनाव घोषणा गर्न प्रस्ताव गरे पनि आफूले केही दिन पर्खन भनेको जानकारी दिनु भएको बैठकमा सहभागी एक नेताले बताए ।

स्रोतका अनुसार, प्रचण्डले बैठकमा “मैले नागरिकता विधेयक पारित गरेर मात्रै चुनावको मिति घोषणा गर्नु उपयुक्त हुन्छ, पख्नुस् भनेको छु । अब बस्ने मन्त्रिपरिषद बैठकले चुनावको मिति घोषणा गर्छ ।”

निर्वाचन आयोगले यसअघि नै संघ र प्रदेशको चुनाव आगामी मंसिर ४ गते एकै पटक गर्नेगरी प्रस्ताव गरिसकेको छ ।

एक अर्को प्रसंगमा प्रचण्डले वर्तमान गठबन्धन चुनावसम्मै रहने बताउनु भएको थियो । उहाँले चुनावमा जाँदा गठबन्धनका दलहरुभित्र मोर्चाहरु बन्न सक्ने बताउनुभयो, तर प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग एकता वा सहकार्यको संभावना नरहेको स्पष्ट गर्नुभयो ।

विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मआलोचना नगरेका कारण एमालेसँग गठबन्धन हुने ‘च्याप्टर क्लोज’ भइसकेको अध्यक्ष प्रचण्डको भनाई छ ।

बैठक शुक्रबार बिहान पुनः बस्नेछ ।