२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्भिकमा भोलि सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिस्टको फ्री ओपिडी हुने



अ+ अ-

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क ओपिडी अभियानअन्तरगत आउने भोलि(शनिबार) पेट र पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी अभियान संचालन गर्ने भएको छ । नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिस्ट (Surgical Gastroenterologist) डा. मुकुन्दराज जोशीले फ्री ओपिडी सेवा दिने भएका हुन् । 

पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएका, पित्तथैलीको पत्थरी, पायल्स जस्ता समस्या भएकाहरुले समेत डा. जोशीको फ्री ओपिडीमा आएर स्वास्थ्य जाँच गराउनसक्ने अस्पतालले जनाएको छ । 

नर्भिकले केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा भोलि डा. जोशी बिहान १० बजेदेखि १२ बजेसम्म ओपिडी सेवाका लागि अस्पतालमा उपलब्ध हुने जनाएको छ । 

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिने पनि अस्पतालले जानकारी दिएको छ ।