२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री मिरुना र फिल्म प्राविधिक ठकुरीविरुद्ध कुटपिट आरोपमा मुद्दा दायर



अ+ अ-

काठमाडौँ । अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध मुद्दा दायर गरिएको छ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दायर गरेका हुन् ।

तामाङले दुवैजनालाई कानूनबमोजिमको सजायको माग गरेका छन् । माफी माग्ने बेलामा पटकपटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि बाध्य भएर मुद्दा दर्ता गर्नुपरेको तामाङले उजुरीमा उल्लेख गरेका छन् ।

उनले मिरुनालाई फिल्म प्राविधिक ठकुरीले उक्साएको भन्दै उनीविरुद्ध पनि मुद्दा दायर गरेको बताएका छन् । गत जेठ १५ गते काठमाडौँ को सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारका लागि पुगेकी मिरुनाले आफूलाई दुर्व्यवहार गरेको भन्दै तामाङलाई थप्पड हानेकी थिइन् ।

त्यसपछि बौद्ध भिक्षु र बौद्ध समुदाय फिल्मविरुद्ध नै प्रदर्शनमा उत्रिएका थिए । त्यसपछि फिल्मसम्बद्ध पक्ष र बौद्ध समुदायबीच माफी मागेर सहमति भएको थियो ।

तर सहमति भएको एक सातामै मिरुना र फुर्वा फेरि विवादमा उत्रिएका थिए । अहिले मिरुनाले माफी माग्नुपर्ने भन्दै फुर्वाले मुद्दा दायर गरेका हुन् ।